Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका

१५५५ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक ९, बिहिबार (२ साल अघि)
बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका

अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठूलो चूनौती हो। अभिभावकले आफ्ना अनगन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वाेत्तम हितको लागि सधैँ प्रयासरत रहनुपर्छ। बालबालिकाको मानसिक रूपमा स्वस्थ राख्नको लागि निम्नानुसार व्यवहार गर्नुपर्दछः

– बालबालिका जन्माउन मानसिक तथा शारीरिक रूपमा तयार भएर मात्र जन्माउने योजना बनाउनुपर्छ। जस्तो अवस्थाको शिशु जन्मेपनि स्वीकार गर्ने योजना बनाउनुपर्छ।

– बालबालिकालाई सञ्चो, विसञ्चो, खाना खाएको नखाएको, समयअनुसार लुगाफाटा लाएको नलाएको रेखदेख गर्ने, उनीहरूलाई सबैभन्दा धेरै मह¬व दिने, माया देखाउने गर्नुपर्दछ।

– बालबालिकाले उमेरअनुसार शारीरिक हाउभाउ, रुवाई र बोलेर आफ्ना आवश्यकताहरू बताईरहेका हुन्छन्। यसलाई बुझेर तुरुन्तै सम्बोधन, समाधान गरिहाल्नुपर्छ। बालबालिकालाई पनि विस्तारै आफूले सक्ने कुराको समस्या समाधान गर्न सिकाउदै जानुपर्छ।

– बालबालिकाको कुरा सधैँ प्राथमिकता दिएर सुन्ने, विभिन्न हाउभाउ जस्तै, मुस्कुराएर, अचम्मको भाव व्यक्त गरेर, बालबालिकाको भाव अनुरुप कुराकानी गर्ने गर्नुपर्दछ।

– बालबालिका रुनु भनेको संवेगको प्रष्फुटन हो। त्यसैले रोएको बेलामा रून दिने, विलौना गर्न दिने र बालबालिकालाई सुन्ने तथा सहानुभूति जनाउदै माया देखाउने गर्नुपर्दछ। बालबालिका नरोएर तनाव लिएर बसेमा, यसले सुत्न नसक्ने, तर्सने, एक्लैबस्ने जस्ता व्यवहारिक समस्या आउनसक्छ।

– बालबालिकाले सामान फाल्ने रिस देखाउने गरेमा, अभिभावक शान्त हुनुपर्छ र काम नलाग्ने वस्तुहरू फाल्न र विगार्न दिनुपर्छ। यसले उनीहरू भित्र लुकेको रिस बाहिर निस्कन्छ। शान्त भएपछि, रिसको झोकमा के के बिगार्‍यो यसबाट हामीलाई के के बेफाइदा हुन्छ बताईदिनुपर्छ।

– बालबालिकालाई विभिन्न संवेगका बारेमा सिकाउनुपर्दछ र शब्दमा विभिन्न अवस्थामा कस्तो (खुसी, दुखी, रिस उठेको आदि) लागेको छ कारणसहित व्यक्त गर्न दिनुपर्छ।

– बालबालिकाको इच्छा, रहर, आवश्यकता बुझेर आफूले पूरा गर्न सकिने र नसकिने कुरा बताईदिनुपर्छ।

– घरमा विभिन्न नियमहरू बनाई पहिले आफूले पालन गर्ने र बालबालिकालार्ई पनि पालन गर्न उत्प्रेरित गर्नुपर्दछ। बालबालिकालाई सजायभन्दा पनि सकारात्मक अनुशासनमा राख्नुपर्छ।

– बालबालिकाको आत्मबल बलियो हुने खालका कथाहरू भन्ने र जुनसुकै समस्या पनि समाधान गर्न सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ। बालबालिकालाई आवश्यक रूपमा प्रशंसा र प्रोत्साहन गरेर हुर्काउनुपर्छ।

बालबालिकाको मानसिक स्वास्थ्यका लागि केही विशेष क्रियाकलापहरू
– दिनभरिको घटनाहरू एक अर्कामा भन्ने निश्चित समय वा पारिवारिक समय निर्धारण गर्नुपर्दछ। सो समयमा दिनभरिको अनुभवहरूबारे कुराकानी गर्ने गर्नुपर्दछ।
– बालबालिकाको तनाव बाहिर निकाल्न तकिया, चकटी आदिलाई हातले हिर्काउन दिनुपर्छ।
– धेरै रिस उठेमा १ देखि १० सम्म गन्ने, एउटै वस्तुलाई ५ मिनेट जति एकटकले हेर्न लगाउने र आफू पनि सँगै गर्नुपर्छ।
– बालबालिकालाई शान्त गर्न माटो वा पिठो मुछ्न लगाई बालबालिकालाई मनपर्ने आकृति बनाउन दिनुपर्छ।
– बालबालिकासँगै खेल्ने, रमाउने, दौडने उफ्रिने कराउने, खित्का छाडेर हाँस्ने, तकिया हानेर खेल्ने, सँगै रोएर खेल्ने, लडिबुडी गर्ने गर्नुपर्दछ। यसले बालबालिकालगायत आफ्नो पनि तनाव कम हुन्छ। बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बन्छ।

– (युनिसेफ नेपाल)

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    सोह्र लाखबराबरको अवैध पटाका बरामद

  • Post Thumbnail

    आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

  • Post Thumbnail

    पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

  • Post Thumbnail

    मल्कवाङबाट गर्भवतीको हवाई उद्धार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

    स्वदेशी कृषिउपजको बजार सुनिश्चित गर्न उत्पादन याममा आयात नियन्त्रण गर्नुपर्नेमा जोड

    स्वदेशी कृषिउपजको बजार सुनिश्चित गर्न उत्पादन याममा आयात नियन्त्रण गर्नुपर्नेमा जोड

    Post Thumbnail

    झापा प्रशासन र यातायात व्यवसायीबीच जेन–जी घाइतेलाई ५० प्रतिशत छुट दिने समझदारी

    Post Thumbnail

    मुस्ताङका तीन स्थानीय तहद्वारा छ ब्यारेल इन्धन सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution