Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ २३, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सडकहरूका पिरलाे र गन्थन !

प्रत्यूष ५०८ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ३०, मंगलबार (२ साल अघि)
सडकहरूका  पिरलाे र   गन्थन   !

(मन्दाक्रान्ता छन्द)
****
भन्छन् बाटो, जनपथ कयौं , राजपन्था मलाई ।
मान्छन् धेरै , सडक सजिलो, हिंड्न वा डुल्नलाई ।।
ढुङ्गा, गिट्टी, इँट –रट– सयाैँ, कार होन्डा अड्याई ।
बालीनाली , सडकभरि नै, दाइँ गर्छन् रमाई ।।१।।
*****
सुर्ती खैनी , रगत — पिपका , नर्क फालेर सारा ।
हड्डी थाङ्ना, कसिँगर , दिसा पान प्लाष्टीक धागा ।।
टेक्छन् रॉके , जुलुस हुलले , खेल्छ पीटी — कबाज ।
छाती मेरो, थिलथिल गरे , दैत्यजस्तै समाज ।।२।।
****
मूसाबिल्ली ,कुकुर ‘शव ’ — का , चल्छ दुर्गन्ध चर्को ।
कौवा गिध्दै चिल र भुसुना दिक्क पार्दैछ झर्को ।।
फोटो खिच्छन्, पर–मुलुकका, खिस्सी गर्दै फिरन्ता ।
मान्छे भन्छन् ? तर सडकमै , चल्छ हिंसा र हत्या ।।३।
***
मन्त्री हिँड्छन्, हडबड गरी, फर्फराएर झण्डा ।
रक्षा गर्छन्, वरपर बसी, उठ्छ बन्दूक–डण्डा ।।
माग्छन् उर्ली, मजदुर यहीं, चल्छ संघर्ष चर्का ।
गोली पड्की, कुकर बमले, छैन केही सुरक्षा ।।४।।
***
दाम्ला–नाम्ला–,मम पसल छन्, सागसब्जी बजार ।
भैँसीसङ्गै , बस ट्रक डुबे , पोखरी छन् हजार ।।
धूलो मैलो दबदब हिलो , काउलीले धराप ।
बत्ती नाला विचलित बनी , पार्छ यात्री सखाप ।।५।।
****
यात्री किच्दै , बलजफतमा , चल्छ चर्को सबारी ।
मिच्दै थिच्दै , नियम विधि नै , राज गर्छन् कबाडी ।।
सॉच्चै मेरो, तन जमिनमा , थिल्थिल्याई खकार्छन् ।
साँढे गाई, कुकुर कुखुरा , यात्रु जम्मै लघार्छन् ।।६।।
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

    अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल

  • Post Thumbnail

    यसवर्ष पनि पब्लिक स्पिच नेपाल हुने

  • बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

    बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र

  • राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

    राखेपको वार्षिकोत्सवमा पाँच खेलाडीसहित १८ सम्मानित हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १९ गते सोमबार

    २०८२ माघ १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकिँदा प्याकिङको काम धमाधम

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    निर्वाचन आचारसंहिताको अनुमगनलाई प्रभावकारी बनाउने काउन्सिलको निर्णय

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution