Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चार प्रतिशत बालबालिका खोपबाट वञ्चित

प्रत्यूष १२११ पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १०, आईतबार (३ साल अघि)
चार प्रतिशत बालबालिका खोपबाट वञ्चित

नेपालमा चार प्रतिशत बालबालिका खोपबाट वन्चित रहेका छन् । उनीहरुले कुनै पनि खोप लगाउन पाएका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार विशेष गरी इटाभट्टा, कलकारखानामा काम गर्ने, बालबालिका बिरामी भएर, कोरोना भाइरसको समयमा लकडाउन र सूचना अभावले ती बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको हो ।

“नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले खोपको पूर्ण मात्रा तथा १६ प्रतिशत बालबालिका कुनै न कुनै खोपबाट वन्चित छन्”, उहाँले भन्नुभयो । मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोजेर खोप लगाउनका लागि यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह सञ्चालन गर्दैछ ।

सो अवसरमा सरकारले खोप लगाउन छुटेका बालबालिकाको पहिचान गरी खोप प्रदान गर्ने छ । गौतमले ९५ प्रतिशत बालबालिकामा खोपको पहुँच पु¥याइने लक्ष्यसहित खोप अभियान सञ्चालन गरेको बताउनुभयो ।

नेपालमा दादुरा र रुवेलाविरुद्ध दिइने खोपमा ९५ प्रतिशतको पहुँच पु¥याउन नसकिएको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो । दादुरा र रुवेलाविरुद्धको खोप नौ महिना र १५ महिना दुई पटक दिइन्छ । नेपालमा अहिले १३ प्रकारका रोगविरुद्धको खोप रोग, अपाङ्गता र मृत्युबाट बचाउन बालबालिकालाई खोप दिइन्छ ।

खोप सप्ताहभर नियमित खोप प्रदान गरिने छ । वैशाख १५ र ३१ गते भने सबै खोप दिइने छ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकुकुमार लालले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइ नेपाललाई पूर्ण खोप रहेको सुनिश्चित गर्नका लागि अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । खोप लगाउन स्थानीय तह र विद्यालयसँग समन्वय गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • आलेखः साइकलसँग जोडिएका धरानका युवा

    आलेखः साइकलसँग जोडिएका धरानका युवा

  • Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

  • Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

  • बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

    आलेखः साइकलसँग जोडिएका धरानका युवा

    आलेखः साइकलसँग जोडिएका धरानका युवा

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution