Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी नदीमा गत
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलबार (५१ मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, २० असोजः नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न पालिकाका स्थानीयवासीसँग छलफल गरी उहाँहरूका समस्या, गुनासा, माग तथा सुझाव लिनुभएको छ ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढी प्रभावित स्थानीयवासीसँग छलफल गर्नुहुँदै बाढीबाट भएको क्षति, राहत वितरणको अवस्था, पुनःस्थापना तथा पुनर्निर्माणका काम र तत्काल आवश्यक पूर्वाधार निर्माणका विषयमा जानकारी लिनुभएको हो ।

छलफलका क्रममा स्थानीयवासीले बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि आवतजावतमा कठिनाइ भएको, दैनिक जीवनयापन प्रभावित भएको तथा पुनःस्थापना र पुनर्निर्माणका कामलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।

उहाँहरूले विशेषगरी त्रिशूली नदीपारिका बस्तीलाई सडक सञ्जालसँग जोड्न तत्काल चारदेखि पाँच स्थानमा बेलिब्रिज तथा आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण गर्न सके प्रभावित क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने बताउनुभएको थियो । दीर्घकालीन रूपमा भने स्थायी मोटरेबल पुल निर्माण गरी बस्तीलाई सडक सञ्जालसँग जोड्नुपर्ने उहाँहरूको माग थियो ।

बाढीपीडितका लागि सरकारले घोषणा गरेको राहत रकम प्राप्त गर्न ढिलाइ भइरहेको भन्दै उहाँहरूले राहत रकम शीघ्र उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । केही प्रभावितले हालसम्म कुनै पनि प्रकारको नगद सहयोग प्राप्त गर्न नसकेको गुनासोसमेत गर्नुभएको थियो ।

स्थानीयवासीले राहतसँगै प्रभावित परिवारको सुरक्षित आवास, क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको थियो । सडक तथा पुलमा क्षति पुगेका कारण गाउँमा आवतजावत कठिन भएको र ढुवानी खर्च बढ्दा चाडपर्वका समयमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको उहाँहरूले जानकारी गराउनुभएको थियो ।

छलफलमा सहभागी स्थानीयवासीले बाढी प्रभावित क्षेत्रका नागरिकसँग प्रत्यक्ष छलफल गरी उहाँहरूका आवश्यकता र सुझावलाई राहत, पुनःस्थापना तथा पुनर्निर्माणका योजनामा समेट्नुपर्नेमा जोड दिनुभएको थियो ।

व्यवस्था गर्न, तथा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने माग गर्नुभएको थियो । बाढीका कारण नदी वारपार गर्ने संरचनामा क्षति पुगेपछि नदीपारिका नागरिकलाई आवतजावतमा अझै कठिनाइ भइरहेको उहाँहरूको भनाइ थियो ।

उहाँहरूका अनुसार अहिले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको तत्काल अभाव नरहे पनि सुरक्षित आवास, सडक सुविधा र सहज आवतजावतका लागि आवश्यक पूर्वाधारको समस्या भने कायमै रहेको छ । बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्नुका साथै क्षतिग्रस्त सडक, पुल तथा अन्य भौतिक संरचनाको पुनर्निर्माणमा शीघ्रता दिनुपर्ने उहाँहरूको माग थियो ।

छलफलका क्रममा अभिभावक गुमाएका बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकताको सुनिश्चितता गर्नुपर्ने विषयसमेत उठेको थियो । प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन विशेष व्यवस्था गर्नुपर्ने सहभागीहरूले आग्रह गर्नुभएको थियो ।

स्थानीयवासीका गुनासा तथा सुझाव सुन्नुभएपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले बाढीपीडित तथा जिल्लाबाट प्राप्त गुनासालाई सरकारले प्राथमिकतामा राखेर सम्बोधन गरिरहेको बताउनुभयो ।

उहाँले बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक पहल भइरहेको बताउँदै तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन रूपमा प्रभावित क्षेत्रलाई सुरक्षित र भरपर्दो पूर्वाधारसँग जोड्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो ।

यसैगरी बाढीपीडितका समस्या समाधानका लागि हरेक मन्त्रालयले आफ्नो जिम्मेवारीभित्र पर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको, सरकारबाट हुनसक्ने र मिल्नसक्ने अधिकतम प्रयास भइरहेको र स्थानीय तहमा पनि प्रभावित नागरिकका समस्या समाधानका लागि आवश्यक पहल भइरहेको उहाँहरूको भनाइ छ ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले भोटेकोशी बाढी प्रभावितका लागि राहतका योजना चाँडै सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले पुनर्निर्माणसम्बन्धी अध्ययन अन्तिम चरणमा पुगेको तथा प्रभावित नागरिकको पुनःस्थापनाका लागि आवश्यक जमिनको खोजी गर्ने कामसमेत सँगसँगै भइरहेको बताउनुभयो ।

भोटेकोशी बाढीबाट प्रभावित विभिन्न स्थानीय तहका लागि नेपाल सरकारबाट पर्याप्त राहत रकम निकासा भएको जानकारी दिनुहुँदै उहाँले प्रभावित नागरिकसम्म राहत प्रभावकारी रूपमा पु¥याउन तथ्याङ्क सङ्कलनको कामलाई समेत तीव्रता दिइएको बताउनुभयो ।

“कुन स्थानीय तहका कुन व्यक्ति कति प्रभावित हुनुभएको हो भन्ने चुस्त र दुरुस्त तथ्याङ्क सङ्कलनको काम भइरहेको छ,” उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले यकिन तथ्याङ्कका आधारमा प्रभावित परिवारको आवश्यकता पहिचान गरी राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

छलफलमा नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य डा अच्युतम लामिछानेसहित बाढी प्रभावित क्षेत्रका स्थानीयवासी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

छलफलमा सांसद डा लामिछानेले बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षा–दीक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले बाढीका कारण अभिभावक गुमाएका तथा प्रभावित परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणका लागि आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

स्थानीयवासीले आफूहरूका समस्या प्रत्यक्ष रूपमा सुन्नु भई समाधानका लागि पहल गर्नुभएकोमा जनप्रतिनिधि तथा सरकारप्रति धन्यवाद व्यक्त गर्दै राहत तथा पुनर्निर्माणका कामलाई व्यवहारमै शीघ्र अघि बढाउन आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • नुवाकोट
  • प्रतिनिधिसभा
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • आलेखः साइकलसँग जोडिएका धरानका युवा

    आलेखः साइकलसँग जोडिएका धरानका युवा

  • Post Thumbnail

    दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

  • बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

    बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

  • Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल टुभालुमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः साइकलसँग जोडिएका धरानका युवा

    आलेखः साइकलसँग जोडिएका धरानका युवा

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः उम्मेदवारी दर्ता सुरू

    Post Thumbnail

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution