Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एकसाथ तीन चलचित्र प्रदर्शनमा

प्रत्यूष ७१० पटक पढिएको प्रकाशित मिति: २०८० बैशाख १, शुक्रबार (२ साल अघि)
एकसाथ तीन चलचित्र प्रदर्शनमा

नयाँ वर्षको अवसरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन् । यसअघि ‘नाई नभन्नु ल–६’ पनि प्रदर्शन हुने भए पनि जाँचपास नभएपछि वैशाख १५ गतेका लागि नयाँ मिति तय गरेको छ ।

नयाँ वर्षमा नेपाली चलचित्रको व्यापार हुने समय बुझिन्छ । यो मितिमा प्रदर्शन भएका चलचित्रले विगतमा पनि राम्रो व्यापार गरेका छन् । तर एकैपटक तीन चलचित्र प्रदर्शनमा आउँदा यसले घाटा हुने हो कि भन्ने चर्चा पनि चलेको छ ।

अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शनमा आएका छन् । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणि नेपाल, रेखा लिम्बू लगायतले अभिनय गर्नुभएको छ ।

अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गर्नुभएको छ । प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नका लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ । “निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यही रूपमा हेर्नुपर्छ । हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि”, अभिनेता राईले भन्नुभयो ।

जारी प्रथालाई कथा बनाइएको चलचित्र हो, ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रीतिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाइएको चलचित्रलाई विराज विष्टले निर्माण गर्नुभएको हो । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयं निर्माता विष्टले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

  • अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

  • ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १ गते मंगलबार

    २०८२ पुस १ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    ‘काव्य साँझः कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution