
धादिङ,२६ चैत्र ।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा ५२ जनाको आँखा अप्रेसन गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौको आयोजनामा शनिबार २३ जना र आईतबार २५ जनाको अपे्रसन गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख राम सिं तामाङले जानकारी दिनुभयो ।
५२ जना मध्ये ४८ जनाको मोतियाविन्दु र ४ जना मासु पलाएका बिरामीहरुको आँखा अप्रेशन गरिएको तामाङले बताउनुभयो ।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा अप्रेसनका लागि नाम टिपाएका बिरामीहरु र मुरलीभन्ज्याङको रामकोट सामुदायिक स्वास्थ्य इकाई, खाल्टे स्वास्थ्य चौकी, रीगाउँको तावल सामुदायिक स्वास्थ्य इकाई, सुनौला बजार स्वास्थ्य चौकी र नीलकण्ठ नगरपालिकाको वडा नं १० को कार्यालय भारमाले ज्यामरुङमा संचालन भएको आँखा शिविरमा छानिएका बिरामीहरुको आँखा अप्रेसन गरिएको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |