Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मेरो नगरपालिकाः सक्रिय नगरपालिका

१३१९ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २४, बुधबार (३ साल अघि)
मेरो नगरपालिकाः सक्रिय नगरपालिका

शशी अर्याल, शान्तबजार
मार्च ८ अर्थात् अन्तराष्ट्रिय नारी दिवस । संसारभर विभिन्न कार्यक्रम गरेर यस दिवस मनाउने गरिन्छ । आधा भन्दा बढी जनसंख्या महिलाले ढाकेको हाम्रो देश नेपालमा त झन् यो दिवस नमनाउने कुरै भएन । देशमा रहेका २७६ नगरपालिका मध्ये मेरो नगरपालिका नीलकण्ठ नगरपालिकामा पनि कूल जनसंख्याको करिब आधा हिस्सा महिलाले नै ओगटेको छ । देश विदेशमा उल्लासमय तवरले मनाइने नारी दिवस नीलकण्ठ नगरपालिकाले पनि भब्य रुपले नै मनाउने भयो ।

११३ औं नारी दिवसको उपलक्ष्यमा चरण चरणमा विभिन्न कार्यक्रम राखीभब्य र सभ्य तरिकाले नारी दिवस मनाउन मेरो नगरपालिकाले विभिन्न संघ संस्थालाई कार्यक्रममा उपस्थितिको लागि पत्र पठायो । महिला सहकारीबाट अन्तरक्रियात्मक कार्यक्रमको लागि एउटै संस्थाबाट ५ जनालाई आमन्त्रण गरिएको थियो । म पनि एक महिला सहकारीमा आबद्ध भएको नाताले ज्यादै खुशी भएं ।

अर्थतन्त्रको तेस्रो खम्बाको मान्यता दिए पनि सरकारले सहकारीलाई बिभेद गरेको आरोप लाग्ने गरेको समयमा स्थानीय सरकारले महिला सहकारीलाई यस्तो अवसर दिएकोमा नगरपालिका प्रति सम्मानभाव जागेर आयो । पत्रमा कार्यक्रम शुरु हुने समय दिउँसोको १ः०० बजे तोकिएको थियो । महिलाको सेरोफेरोमा अन्तरक्रियात्मक कार्यक्रम भएकोले पनि म व्यक्तिगत रुपमा पनि ज्यादै उत्साही थिएँ ।

यो वर्षको नारी दिवस सार्थक हुने भयो भन्ने पनि लागिरहेको थियो । कार्यक्रम शुरु हुने समय १ः०० बजे तोकिएको थियो । सोचें “नेपाली समय हो १ः३० सम्म पुग्नुपर्ला । चांडै पुगेर किन पर्खी बस्नु ?” फागुन २४ गते दिउँसो १ः१५ बजे स्कुटीमा एक अर्की सहभागीलाई राखेर कार्यक्रम स्थलतिर लागें ।

अन्तरक्रियाको लागि केही तयारीका साथ पनि गएकिले अलि उत्साही नै थिएँ । कार्यक्रम स्थल टाढा थिएन । १ः२० मै स्थल पुगियो । गेटमा पुग्दा ४/५ जना दिदी बहिनी बाहिरिंदै हुनुहुन्थ्यो । उहाँहरुले कार्यक्रम सिद्धिएको जानकारी दिनुभयो । हामीले अप्ठेरो महशुश ग–यौं । “२० मिनेटमै कार्यक्रम सिद्धियो ?” मेरो मुखबाट आवाज निस्कियो । “कहाँ हुनु, कार्यक्रम त बिहान ८ः०० बजेदेखी नै हो नि ।” एक पत्रकार बहिनीले भन्नुभयो । चिठी डाउनलोड गरिराखेकी थिएँ । कतै झुक्किएँकी भनेर हेरें । समय त दिउँसो १ः०० बजे नै थियो । ती बहिनीलाई भनें । उनले भनिन,् “बक्तिृत्वकला बिहान ८ः०० बजेदेखी र अन्तरक्रिया दिउँसो १ः०० बजेदेखी गर्ने भनेको रे बक्तृत्वकलामा मान्छे धेरै नभएर छिटो सिद्धिएकोले अन्तरक्रिया कार्यक्रम पनि अगाडि नै गरेको रे । ”

मझसंग भएँ । “मान्छे धेरै नभएर कार्यक्रम शुरु हुने निर्धारित समय अगाडि नै कार्यक्रम खत्तम ?को संग भयो त अन्तरक्रिया? यो कार्यक्रमको लागि त १ः०० बजेको समय दिइएको थियो । अन्तरक्रियाका सहभागी त धमाधम आउँदै थिए । स्मार्ट नगरपालिकात यस्तो पो हुँदो रहेछ त । समय अगावै काम खतम । हुनत २० मिनेट ढीलो पुग्नु मेरो गल्ती होला तर २० मिनेटमै सिद्धिने कस्तो अन्तरक्रिया गरेछ त मेरो नगरपालिकाले ?लक्षित बर्गले कति फाइदा लिन सके होलान् ?

नगरपालिकाको अरु कार्यक्रम पनि यस्तै होलाकि ?” मेरो मनमा यस्ता धेरै प्रश्नहरु उब्जिए । जे भएपनि मेरो नगरपालिका यति छिटो, छरितो र सक्रिय भएको देखेर चाहिं धेरै खुशी लाग्यो । शुभकामना ।।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

    थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै

  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

  • Post Thumbnail

    नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

  • Post Thumbnail

    कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई

    Post Thumbnail

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution