Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पाँच करोडको कारोबार गर्दै सकियो आठौं धादिङ महोत्सव

प्रत्यूष ३३४ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १८, सोमबार (२ साल अघि)
पाँच करोडको कारोबार गर्दै सकियो आठौं धादिङ महोत्सव

धादिङ । आठौं धादिङ महोत्सव पाँच करोड बराबरको कारोबार गर्दै सकिएको छ । महोत्सव मुल आयोजक समितिका सयोजक तथा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाका अनुसार महोत्सवमा फेन्सी तथा लत्ताकपडा, होटल व्यवसाय, कृषिजन्य उत्पादन लगायतको व्यापारबाट पाँच करोड बराबरको कारोबार भएको हो ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको थियो । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पर्ने जवाङको सुन्तला महोत्सवको आकर्षण बनेको थियो। यस बर्षका महोत्सवमा स्थानिय उत्पादनले बजार पाएको थियो

पुष ७ गतेबाट सदरमुकाम धादिङबेसीमा जारी महोत्सवको आइतबार भव्य समारोहसहित समापन गरिएको छ । समापन कार्यक्रमलाई सम्बोधन गर्दै धादिङ क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद रामनाथ अधिकारीले धादिङको विकास र समृद्धिको लागि उद्योग धन्दाको विकास, कृषिजन्य उत्पादन र पर्यटकीय क्षेत्रको प्रचारमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । महोत्सवले स्थानीय उत्पादनको बिक्रि वितरण तथा बजारीकरणमा टेवा पुग्ने भन्दै अधिकारीले आगामी दिनमा पनि यस्ता मेला तथा महोत्सवहरुको आयोजना गर्न उद्योग वाणिज्य संघले नेतृत्व गरिरहन आग्रह गरे ।

महोत्सवमा राखिएका स्थानीय उत्पादनले धादिङलाई चिनाएको छ । अधिकारीले भने– रुविभ्यालीको रुवि, जवाङको सुन्तला, सल्यानटारको मास, खरीको पिँडालु, कृषि जन्य उत्पादन, गलैंचा, जडिबुटी तथा धादिङका उत्पादनहरुको विक्री तथा बजारीकरणमा सहयोग पुगेको महशुस भएको छ ।’

कार्यक्रममा बागमती प्रदेशका सांसद गोविन्द लम्साल, स्थानीय सरकारका प्रमुखहरु, राजनीतिक दल र संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले महोत्सवले जिल्लाको विकास र समृद्धिमा टेवा पुगेको बताएका थिए ।महोत्सवमा स्थानिय तथा राष्टिय कलाकारहरुको प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

  • ‘अन्तराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

    ‘अन्तराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

  • नेपाली कांग्रेस धादिङमा उम्मेद्वार छनोटमा सहमती जुटेन,आंकाक्षी ३५ जनाकै नाम सिफारिस

    नेपाली कांग्रेस धादिङमा उम्मेद्वार छनोटमा सहमती जुटेन,आंकाक्षी ३५ जनाकै नाम सिफारिस

  • गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

    गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २७ गते शनिबार

    २०८२ मंसिर २७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

    ‘अन्तराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

    ‘अन्तराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

    नेपाली कांग्रेस धादिङमा उम्मेद्वार छनोटमा सहमती जुटेन,आंकाक्षी ३५ जनाकै नाम सिफारिस

    नेपाली कांग्रेस धादिङमा उम्मेद्वार छनोटमा सहमती जुटेन,आंकाक्षी ३५ जनाकै नाम सिफारिस

    ‘अण्डा’को लागत मूल्य बढ्यो

    ‘अण्डा’को लागत मूल्य बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution