Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २२, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो

प्रत्यूष १२०३ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष ११, सोमबार (३ साल अघि)
नयाँ सरकारलाई शेयर बजारको स्वागत, परिसूचक ५६.८८ अङ्कले बढ्यो

काठमाडौँ, ११ पुस ।
नयाँ सरकार गठनको प्रक्रियाले नयाँस्वरुप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबारमा नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले वृद्धि भई एक हजार नौ सय २४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलव ३८ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ४५ मा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आएको छ । यस्तै १२ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कारोबार भएका कम्पनीमध्ये दुई सय तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एउटा उपसमूहको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आज कूल ५६ लाख ५३ हजार ५३ कित्ता शेयर रु दुई अर्ब नौ करोड ७० लाख ४९ हजार नौ सय ४१ मूल्यमा खरिद बिक्री भएका छन् ।सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ८२ अर्ब २७ करोड एक लाख ४१ हजार एक सय ३७ पुगेको छ ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा दूरसञ्चार प्राधिकरण शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ८८ लाख सात हजार दुई सय ४४ बराबरको शेयर कारोबार भयो । त्यस्तै, हमिालयन डिस्टिलरी रु ११ करोड ११ लाख ४७ हजार ७७, नवील बैंक रु नौ करोड ११ लाख २१ हजार एक सय ५०, रिडी हाइड्रोपावर रु सात करोड २६ लाख १७ हजार चार सय सात, एनआइसी एशिया बैंक रु छ करोड ८७ लाख २३ हजार पाँच सय नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जसमा गुर्खाज फाइनान्स, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त छन् । रिलायन्स फाइनान्सको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशत बढेको छ ।

यस्तै नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य पाँच दशमलव ५६, सिवासी नेपाल लघुवित्तको शेयर मूल्य चार दशमलव ६७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो दुई दशमलव १३, सिद्धार्थ बैंकको ऋणपत्र दुई र कुमारी बैंकको ऋणपत्रका लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • Post Thumbnail

    यातायात भाडा समायोजनको माग

  • Post Thumbnail

    बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

  • Post Thumbnail

    ‘दलित बालिकाका मागप्रति लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध छ’

  • Post Thumbnail

    चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २२ गते बिहिबार

    २०८३ असोज २२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    यातायात भाडा समायोजनको माग

    Post Thumbnail

    बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना

    Post Thumbnail

    कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

    Post Thumbnail

    महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution