Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

युवामा ‘प्लस टू’ पछि विदेश जानुपर्छ भन्ने भइसकेको छ : पोख्रेल

१५३९ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक १७, बिहिबार (३ साल अघि)
युवामा ‘प्लस टू’ पछि विदेश जानुपर्छ भन्ने भइसकेको छ : पोख्रेल

राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएकी कुन्तीदेवी पोख्रेलले युवाहरू रहरले नभइ वाध्यताले विदेश पलायन हुने गरेको बताएकी छिन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ क्षेत्र नं २ द्वारा सिनामंगल स्थित पेप्सीकोलामा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले देशको राजनीतिक वितृष्णाले युवाहरू विदेशिएको बताइन् ।

‘अहिलेको पुस्ताले नेपाली भाषा, लेख्न, पढ्न र बोल्न छोडिसकेका छन् किन भने उनीहरूमा ‘प्लस टू’ पछि विदेश जानुपर्छ भन्ने भइसकेको छ’, पोख्रेलले भनिन् । कार्यक्रममा उनले नेपालमा उद्योगी, व्यवसायीलाई लगानीको ग्यारेन्टी नभएकोप्रति आपत्ति जनाउँदै सरकारले लगानीमैत्री नीति ल्याउनुपर्नेमा जोड दिइन् ।

उनले आफू उद्यमीबाट राजनीतिमा आएकाले त्यसको अनुभव भएको भन्दै नीति निर्माण तहमा पुग्नुपर्ने दाबी गरिन् । उनले देशमा परिवर्तन ल्याउन विकास, सुशासन र समाजसेवामा समर्पित हुनुपर्ने भन्दै त्यसको लागि आफूले संसद्मा पुग्नुपर्ने दाबी गरिन् । त्यस्तै शिक्षा सर्वसाधारणको पहुँचबाट बाहिर गएकाले सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउनुपर्ने भन्दै त्यसको लागि आफूले संसदमा भूमिका खेल्ने जनाइन् ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि राप्रपाका निवर्तमान अध्यक्ष पशुपति शमशेर जबराले यो निर्वाचन चानचुने नभएको भन्दै सही समयमा सही निर्णय गर्न सकियो भने नेपालको सुनौलो भविष्य निर्माण हुने बताए । कार्यक्रममा उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले केही गर्न नसक्ने भन्दै नेपाल निर्माणको जिम्मा राप्रपाले लिनुपर्नेमा जोड दिए । ‘हामीलाई सत्ता चाहिएर त्यहाँ जान खोजेका होइनौँ, खबरदारी गर्ने हो, हामीलाई कुनै लोभ छैन,’ राणाले प्रष्ट पारे ।

कार्यक्रममा राप्रपा काठमाडौँ अध्यक्ष नवराज सिम्खडाले मुलुकलाई अग्रगति र सुशासन दिनका लागि राप्रपा आएको बताए । त्यस्तै महामन्त्री भुवन पाठकले यो क्षेत्रमा बाहिरको मात्रै होइन, कहाँको कहाँको मान्छे आएर चुनाव जितेर सांसद, मन्त्री, प्रधानमन्त्रीलगायत महत्त्वपूर्ण पदमा पुग्दा पनि क्षेत्रको विकास नभएको जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’

  • Post Thumbnail

    सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, चारजना घाइते

  • Post Thumbnail

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

  • Post Thumbnail

    चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २८ गते बुधबार

    २०८३ असोज २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

    माझी समुदायले मनाउँछन् ‘पितरा पर्व’ १०४०

    Post Thumbnail

    चितवनका कैदीबन्दीलाई दसैँको उत्साह छैन

    Post Thumbnail

    बाढी पहिरो प्रभावितलाई प्रवासीको करिब रु आठ लाख सहयोग

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution