
धादिङ,०६ असोज ।
पृथ्वी राजमार्गको गजुरी बजारमा एक स्थानीय बालकलाई बसले ठक्कर दिदा बालकको घटनास्थलमा नै मृत्यु भएको छ । विद्यालय जाँदै गरेको बेला बाटो क्रस गर्ने क्रममा जेव्रा क्रसिङमा नै बसको ठक्करबाट स्थानीय ६ वर्षिय बालक विजय परियारको मृत्यु भएको हो।
काठमाडौंबाट गोर्खातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्वरको बसले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालकको मृत्युपछि स्थानीयको आक्रोसित भिडले बसमा तोडफोड र आगजनी गरेको छ । मृतक बालक गजुरी स्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा १ मा अध्यानरत विद्यार्थी हुन् ।
स्थानीयले पृथ्वी राजमार्ग अबरुद्ध गर्दै चालकलाई कारबाही र बालकका परिवारलाई क्षतिपूर्ति माग गरेका छन् । गाडी चालक भने भागेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरुसंग छलफल भैरहेको प्रहरीले जनाएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |