Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको ६ गाउँपालिकाका अध्यक्ष र ४ उपाध्यक्षले ३ लाख ५० हजार जरिवाना तिर्नुपर्ने,१४४ उम्मेदवारलाई जरिवाना(सुचि सहित)

प्रत्यूष १३९८ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ४, मंगलबार (४ साल अघि)
धादिङको ६ गाउँपालिकाका अध्यक्ष र ४ उपाध्यक्षले ३ लाख ५० हजार जरिवाना तिर्नुपर्ने,१४४ उम्मेदवारलाई जरिवाना(सुचि सहित)

धादिङं,०४ असोज ।
निर्वाचन आयोगले धादिङको ६ वटा गाउँपालिकाका अध्यक्ष र ४ वटा गाउँपालिकाका उपाध्यक्षललाई ३ लाख ५० हजार जरिवाना तोकेको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहबाट निर्वाचित १० जना जनप्रतिनिधिलाई चुनावी खर्च विवरण नबुझाएको भन्दै आयोगले जरिवाना तोकेको हो।

जरिवाना तिर्नुपर्ने जनप्रतिनिधिहरुमा रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङ(नेकपा माओवादी केन्द्र), उपाध्यक्ष फे लामा तामाङ(नेपाली काँग्रेस), बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया(नेकपा माओवादी केन्द्र), उपाध्यक्ष टाप बहादुर श्रेष्ठ(नेकपा एकिकृत समाजबादी) रहेका छन् ।

त्यस्तै थाक्रे गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्य(नेकपा एमाले), उपाध्यक्ष यन्त्र बहादुर थापा(नेकपा माओवादी केन्द्र), त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती(नेपाली काँग्रेस), गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ(नेकपा माओवादी केन्द्र) रहेका छन् । त्यसैगरी गंगाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा(नेकपा माओवादी केन्द्र) र खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ (नेपाली काँग्रेस) रहेका छन् ।

यस्तै स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने धादिङका अन्य १ सय ४४ जनालाई समेत निर्वाचन आयोगले जरिवाना तोकेको छ।

स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ। समयमै खर्च विवरण पेश नगरेका देशभरका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षतर्फका उम्मेदवार ४ हजार १ सय ९६ जनालाई आयोगले जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो।

स्थानीय निर्वाचनमा व्यक्तिगत खर्च विवरण नबुझाएका उम्मेदवारले जरिवाना नतिरे आगामी निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित हुने भएका छन्। स्थानीय निर्वाचनमा एक लाख ४५ हजार १३ जना उम्मेदवार थिए। करिब ८० प्रतिशत उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएका छैनन्। कानुनबमोजिम उम्मेदवारले त्यस्तो जरिवाना छ महिनाभित्र बुझाउनुपर्नेछ।

आयोग पदाधिकारीको बैठकले उम्मेदवारले तोकिएको समयावधिभित्र आफूलाई लागेको जरिवानाबापतको रकम नबुझाए छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ।

जरिवाना तिर्नुपर्नेहरुको हेर्नुस सुचीः

No description available.

No description available.

No description available.

No description available.

No description available.

Gaupalika_Adhaksya

प्रतिक्रिया दिनुहोस
खनियावास गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution