Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

डेंगु नियन्त्रणमा ध्यान दिऔँ ! (समपादकीय)

प्रत्यूष १२५१ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १८, शनिबार (४ साल अघि)
डेंगु नियन्त्रणमा ध्यान दिऔँ ! (समपादकीय)

धादिङ,१८ भाद्र ।
पछिल्लो समय डेंगु संक्रमित बिरामी बढ्दै गैरहेका छन् ।अहिले देशभरका विभिन्न अस्पतालहरुमा डेंगुका बिरामी देखिन थालेपछि केही क्षेत्रमा औषधि छर्कन सुरु गरिएको छ । अधिकाँश अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा विरामीको संख्या उच्च हुँदै गर्दा स्थानीय नागरिकहरुमा त्रास बढ्दो छ।

मानिसहरुमा सामान्य किसिमको ज्वरो आउने वान्ता हुने र सामान्य शरीर दुख्ने लगायतका हुनेहरु अस्पताल नजाँदा विरामीले चाप्दै जाने जसका कारण विरामीहरु सिकिस्त सम्म हुनुपरेका समाचारहरु आईरहेका छन् । सामान्य विरामी भएको अनुमान गरिएकाहरु अस्पताल पुग्दा डेंगुको संक्रमण भएका पुष्टि भैरहेको छ ।

गाउँदेखी शहरसम्मका नागरिकहरुमा डेंगु रोग लागेकाहरु अस्पतालमा भर्ना गरेर बस्नु पर्दा स्वास्थ्य संस्थामा विरामीहरुको चाप कायमै छ केही साता यस्तै स्थिति रहने हो भने आम नागरिकहरुले स्वास्थ्योपचारका लागि कति खर्च गर्नुपर्ला आजसम्म राज्यको ध्यान गएको पाइदैन ।

अहिले धेरैजसो तराई जिल्लाहरुमा विरामीको उच्च चाप देखिएको छ भने पहाडी जिल्लासम्म यो अवस्था कायम छ । दिन प्रतिदिन डेंगु रोगको विरामी बढ्दै जाने हो भने डेंगुकै कारण नागरिकको स्वास्थ्य अवस्था भयावह हुन सक्ने अनुमान समेत गर्न सकिन्छ । अहिलेसम्म ठूला अस्पतालहरुमा सयौं जनाले डेंगुको उपचार गराइरहेका छन् ।

डेंगुबाट सुरक्षित रहन लामखुट्टेको टोकाइबाट बच्न, लामखुट्टेको वृद्धिमा नियन्त्रण गर्न, आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप तथा पुराना टायरमा पानी जम्न नदिन, पानी जमेको स्थानमा हप्ताको दुईपटक पानी वरिपरि डढेको मोविल वा मट्टीतेल छर्कने र खानेपानीका ट्यांकीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्न चिकित्सकले सुझाव दिएका छन् ।

डेंगुविरुद्धको खोप तथा खास उपचारसमेत नभएकाले लामखुट्टेबाट बच्नु रोगबाट बच्ने मुख्य उपाय भएको चिकित्सकले बताएका छन् । डेंगुबाट सुरक्षित रहन मुख्य गरि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ भन्ने खालको प्रचारको कमीका कारण पनि केही समस्या थपिइरहेको हुनसक्ने सरोकारवालाहरुको भनाई छ ।

कुन खालको लामखुट्टेले टोकेमा त्यो खालको समस्या हुन सक्छ ? डेंगु सार्ने लामखुट्टेले कहाँ कहाँ टोक्छ ? कतिवेला सक्रिय रहन्छ र त्यसको बासस्थानको अवस्था कस्तो हुन्छ भन्ने खालका सामान्य ज्ञान नागरिकमा पु¥याएको खण्डमा पनि सर्वसाधारण नागरिकले यस्तो कुराको बारेमा ज्ञान लिन सक्नेछन् ।

यो विषयमा सरोकारवालाहरुको ध्यान जान जरुरी छ । अहिले गाउँ गाउँमा खुलेका वा विस्तार भएका अस्पतालदेखी स्वस्थ्य संस्थाहरुले पनि यो विषयमा भूमीका खेल्नु जरुरी छ अन्यथा डेंगुको संक्रमण बढेर जान सक्छ डेंगु रोग को प्रभावकारी उपचारको व्यवस्था हुन नसक्नु, खोपको उपलव्धता पनि हुन नसक्नु जस्ता समस्या भएका हामीहरुका लागि डेंगु रोग वास्तवमै भयानक डर र त्रासमै रहिरन सक्छ ।

त्यसको लागि लामखुट्टेको वृद्धिमा नियन्त्रण गर्न, आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, टुटे फुटेका कप तथा पुराना टायरमा पानी जम्न नदिन लगायतका विषयमा ध्यान दियौं यसबाट केही सुधार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

    Post Thumbnail

    सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution