Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थाहा पाउनुहोस्, आजको राशिफल

प्रत्यूष ११६४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ११, शनिबार (४ साल अघि)
थाहा पाउनुहोस्, आजको राशिफल

आजको पात्रो: आज ११ भदौं २०७९ शनिवार । तद्नुसार २७ अगष्ट २०२२ । भाद्रकृष्णपक्ष अमावस्या कुशे औशी । आजको दिन बाबुको मुख हेर्ने दिन हो । आजको दिन आफ्ना जन्मदिने बुबालाई मानसम्मान गर्ने दिनको रुपमा नेपाली समाजमा लिने गरेको छ।

सनातन धर्ममा कुनै पनि कर्मकाण्डीय कर्मका बेला कुशको अनिवार्य आवश्यकता रहन्छ । भनिन्छ, आज घरमा नयाँ कुश राख्ने गरिन्छ । कुश जीवनपयोगी बनस्पति हो ।

आज विहान सूर्योदय ५ः४१ मा र सूर्यास्त ६ः३२ मा हुनेछ । आज विहान ८ः५४ देखि १०ः३० सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य नगर्नु होला ।

आज औशी भएकाले पितृ उद्धारका लागि काठमाडौंको गोकर्ण क्षेत्रमा श्राद्ध गर्ने गरिन्छ । आज मघा नक्षत्र रहेको छ । मघा नक्षत्र परेको दिन श्राद्ध गर्न नहुने भन्ने मान्यता रहेको छ । शिव योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आजको देवता मित्र र ग्रहदेव बुध रहेको छ । शनिबारको दिन नजिकै रहेको पिपलको बृक्षमा जल अभिषेक गर्नुहोला । शनिबारको दिन शनिदेवको उपाय गर्नु उत्तम हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग  पाउन सकिन्छ । तपाईको योजना सफलताको लागि आफन्तजनको सहयोग आवश्यक हुनेछ । आजको यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । त्यसैले विहान सूर्योदयको दर्शन गर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्नेछ । तपाईको सकारात्मक भएर आफनो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आमाको आशीर्वादका लागि सम्मानित व्यक्तित्वसँग भेटवार्ता गर्नसक्नुहुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा घर बाहिर नजानु होला । मातृसेवा फलदायी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

पारिवारिक तनावका कारण तपाईलाई केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले तपाईको मनमा प्रशसन्नता छाउने छ । कुनै नयाँ कामको शुरुवात पनि गर्न सक्नुहुनेछ । कसैलाई पनि दुःख दिने काम नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजदेखि तपाईको मनमा रहेको चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवीको मन्दिरको यात्राले तपाईलाई मनमा शान्ति प्राप्त हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । महिलासँग विवाद हुने कार्य भरसक नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्राको अवसर र संभावना पनि छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच, र नियमित काममा समय खर्चनुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन आकस्मिक धनलाभ हुनेछ । आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन सरस्वतीको आरधनाले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु बेश हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । बालकन्यालाई खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईलाई आशीर्वाद मिल्नेछ । शनिदेवको साधना गर्नृहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन गृहस्थ जीवनको कार्यमा समय खर्च गरेर बस्नु भएकामा तपाईको हित हुनेछ । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । तपाईको लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको यात्रा र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ । सेवामूलक कार्यका लागि समय छुट्याउन होला ।

प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • Post Thumbnail

    महालक्ष्मीको १६ दिने व्रत समापन

  • आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

    आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

  • लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

    लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

  • सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    Post Thumbnail

    शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution