Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थाहा पाउनुहोस्, तपाईको आजको राशिफल

प्रत्यूष ९३२ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ८, बुधबार (४ साल अघि)
थाहा पाउनुहोस्, तपाईको आजको राशिफल

आजको पात्रोः ८ भाद्र २०७९, बुधबार । तद्नुसार २४ तारिक २०२२ । भाद्रकृष्णपक्ष द्धादशी, तैतिल करण, पुर्नवसु नक्षत्र, व्यतिपात योग, चन्द्रमा मिथुन राशिमा रहेको छ ।  विहान सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३४ मा हुनेछ । आज विहान १२ः०७ देखि १ः४४ सम्म राहुकाल रहेको छ । राहुकाल समयमा कुनैपनि शुभ कार्य गरिदैन । बुधबारको दिन घर गृहस्थसम्बन्धी कार्य गर्नु उत्तम हुनेछ । आजको देवता रुद्र र ग्रहदेव राहु रहेको छ । आजको दिन व्यबसाय शुरु गर्दा शुभ हुनेछ । ऋण लिनु परेमा बुधबारको दिन शुभ मानिन्छ । छोटो दुरीको यात्राको लागि आजको दिन शुभ रहेको छ । बुधबारको दिन अचल सम्पत्तिको बेचविखन गर्नुहुँदैन । सवारी साधन खरिद विक्रीका लागि आजको दिन उपयुक्त रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा सुखद यात्रा हुनसक्छ । घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुँदै जानेछ । नयाँ कामको थालनी समेत हुनेछ । आजको दिन तपाईले गरेका काम सफल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन तपाईलाई मानसम्मान मिल्नेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नेछ ।   आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा होस गर्नु होला । आफन्तजनहरुबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला । मौन रहनु नैं वेश हुनेछ । आफ्नो नियमित काममा ध्यान दिनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनसक्छ ।  मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य कुरामा बढी चासो नदिदा राम्रो हुनेछ । आजको दिन तपाईको लागि देवालय यात्रा शुभहुनेछ । चन्द्रमाको साथ रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्या समाधान हुँदै जानेछ ।  कसैसँग पनि वादविवाद  नगर्नुहोला । त्यसैले आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । कुनै पनि शुभ कार्यका लागि आजको दिन उत्तम रहेको छ । कर्कट राशिका जातकले धैर्यपूर्वक कुनै नयाँ काम शुरु गर्न सक्नुहुन्छ । सूर्योदयको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ ।  तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ । आजको दिन विहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा  हुनसक्छ। आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोचका लागि देवालय शिवालय यात्रामा जानुहोला । आज कुनै कन्यालाई भोजन र बस्त्र दिन सक्नुहुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सफलतामा अर्थ हानी हुनसक्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला । कसैसँग विवाद हुन खोजेमा कम बोल्नु फाइदा हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवारको साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् । देवालयको दर्शनले तपाईलाई सकारात्मक सोच आउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । आजको दिन जेष्ठ सदस्यबाट आशीर्वाद लिएर दिनको शुरुवात गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्नेछन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । तपाईले आज गर्ने निर्णयले भविष्यमा अर्थलाभ हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ। आर्थिक समस्याले चिन्ता जताउने छ । परिवारका सदस्यहरुको साथ सहयोग पाउनुहुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा लाग्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • Post Thumbnail

    महालक्ष्मीको १६ दिने व्रत समापन

  • आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

    आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

  • लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

    लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

  • सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    Post Thumbnail

    शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    सुन्तलामा रोग लागेपछि किसान चिन्तामा

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution