Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

समयमै आउला त स्थानीयमा बजेट ?(सम्पादकीय)

प्रत्यूष ९८७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ६, सोमबार (४ साल अघि)
समयमै आउला त स्थानीयमा बजेट ?(सम्पादकीय)

धादिङ,०६ असार ।
स्थानीय तहहरुले अबको केही दिनमा नै आफ्नो नीति कार्यक्रम प्रस्तुत गर्छन् । सम्भवत सबैजसो स्थानीय तहले असार १० गते आ–आफ्नो नीति कार्यक्रम तथा वजेट पेश गर्ने कार्यक्रम रहेको छ । कति स्थानीय तहले नीति कार्यक्रम तथा बजेट ल्याउन सफल हुन्छन र कति हुँदैनन् त्यो भने पछि थाहा हुने कुरा हो ।

संघीयता पछिको दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्ष अधिकाँश स्थानीय तहहरुमा नयाँ नेतृत्व छन् उनीहरुले अहिले आफुहरुले लागु गर्ने नीति कार्यक्रम तथा ल्याउनुपर्ने बजेटको दायरा के छ कसरी अनुमानित बजेटको व्यवस्थापन गर्ने र घोषणाका दिनदेखी कर्यसंचालनका लागि विधि विधानहरु कस्तो बनाउने भने विषयमा छलफल गरिरहेका÷बुझिरहेका र दलको एजेण्डा र आगामी नीति कार्यक्रम तथा बजेटको तालमेल मिलाउन प्रयत्न गरिरहेका बताएका छन् ।

काडमाण्डौ महानगरपालिकाले आइतबार नै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने अन्य स्थानीय तहहरुले पूर्व तयारी गरिरहको बताएका छन् कतिपय स्थानीय तहहरुमा दलहरुबाट निर्वाचन जितेका छन् त कतिपयमा स्वतन्त्र रुपमा पनि विजय भएका छन् जो जो जहाँ जहाँ विजय भएपनि र जसजसले जहाँ जहाँ बहुमत वा मिलिजुली जित हासिल गरेको भए पनि सबैले यतिवेला बजेट कसरी प्रस्तुत गर्ला?

बजेट ल्याउदा जनआकाँक्षा विपरित ल्याउलान कि जनता वा नागरिकको पक्षमा ल्याउला भनेर सर्वत्रबाट हेरिरहेको छ । जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेट ल्याउदा नागरिकको पक्षमा ल्याउलान् भन्ने अपेक्षा गरिएको भए पनि अधिकाँश स्थानहरुमा निर्वाचित सरकारले जस्तो वजेट ल्याए पनि विरोध हुँदै आएको छ त्यसको कारण के होला ?

यो जनप्रतिनिधिहरुले सोचेका होलान् त ? पक्कै पनि यस विषयमा उनीहरुको ध्यान नगएको नि हुनसक्छ यसर्थ उनीहरुले यस विषयमा पनि सोचेर बजेट निर्माण गर्नेतर्फ लागे भने यो समस्या समाधान हुने अपेक्षा लिन सकिन्छ ।

अहिले विजेता जुन पार्टी वा स्वतन्त्र तर्फबाट भए पनि निर्वाचनमा धेरैतिर मत बाँडिएको छ, विजय हासिल गरेकाहरुको पक्षमा भन्दा केही कम भए पनि अन्य दुई वा सोभन्दा बढी दलमा मत हाल्नेको संख्या पनि धेरै नै छ यसकारण विजेताको पक्षमा भन्दा पनि धेरै नागरिकहरु अन्य दलहरुमा छन् यसकारण अन्यको सहभागितामा पनि बजेट निर्माण गर्नुपर्ने विषय अहिलेका जनप्रतिनिधिहरुले सोचुन् ।

अहिले विभिन्न स्थानीय तहहरुमा विकास निर्माणमा भैरहेको ढिलाई, उपभोक्ता समितिदेखी निर्माण व्यवसायिहरुले गरेको ठेक्का पट्टा लागयतको विषयलाई लिएर केही विवाद पनि सिर्जना भैरहेको छ, विकास निर्माणमा भैहरेका ढिलाई तथा अन्य प्रकारका समस्याहरुलाई समेत हल गर्नुका साथै तिव्र विकासका कामहरु हुनेगरी कानून निर्माण, कार्यविधिहरु पेश तथा नीतिगत व्यवस्था गर्न समेत अहिलेको गाउँ नगर सभाहरु सम्पन्न होउन् यसमा नै उनीहरुको सफलता मानिनेछ ।

विगतका सभाहरुमा विपक्षीहरुको मागको सम्बोधन हुन नसक्ने र आफ्नै सरकारमा सहभागी भएकाहरुको पनि मत स्वीकार गर्न नसक्ने जस्ता समस्याले तोकिएको मिति र समयमा नै नीति कार्यक्रम ल्याउन वा वजेट पेश गर्न नसकिएको अवस्था थियो त्यो विषयलाई पनि यस पटक हल गर्ने प्रयास गरियोस यसले आगामी दिनमा समेत सफलताको बाटोमा लैजान मद्धत मिल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution