Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अराजक मन्त्री कहिले सुध्रन्छन् ?(सम्पादकीय)

प्रत्यूष ११२१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ५, आईतबार (४ साल अघि)
अराजक मन्त्री कहिले सुध्रन्छन् ?(सम्पादकीय)

धादिङ,०५ असार ।
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहदुर आलेले आफूलाई धम्क्याएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र प्रहरी परिषर टेकुमा उजुरी दिएका छन् । केही दिनअघि मात्रै आलेले अधिकारीलाई हातपात गरेको र अपशब्द गरेको घटना सार्वजनिक भएको थियो ।

पर्यटन मन्त्री आलेले आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्नुका साथै हातपातसम्म गरेको स्वयम् अधिकारीले बताएका छन् । आलेले अपशब्द गरेको अडियो समेत अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ भने आलोचनाले सामाजिक संजाल तातेको छ । एमाले छाडेर समाजवादी पार्टीबाट प्रतिनिधित्व गरेका आले यस अघि पनि पटक पटक विवादमा आइसकेका छन् ।

मन्त्री जस्तो गरिमामय पदको खिल्ली उडाउँदै नराम्रा गाली गलौज तथा हातपातमा समेत उत्रेर आफ्नो चरित्रको उजागर गरेको आरोप उनीमाथि लागेको छ भने, चरित्रहिन मन्त्रीलाई पदमा बसिरहन नैतिकता नदिने भद्रा आलेलाई प्रधानमन्त्रीले नै बख्रास्त गर्नुपर्ने तर्क उठिरहेको छ ।

पछिल्लो समय मन्त्री आले आफुले भनेको नमान्नेहरुको विरुद्धमा आक्रामक भएर लाग्ने गरेका छन् नेपाल एयरलायन्समा पनि उनले केही मान्छेलाई जागिर लगाइदिन सिफारिस गरेको र त्यो ढिला्े हुँदा उनी रिसाएको बताइएको छ । आलेले आफु मन्त्रीको पदमा रहेको कुरा समेत विर्सिएर त्यस्तो प्रकारको हर्कत गर्न नहुने थियो । मन्त्री पदमा रहेकाहरुबाटै यस्तो प्रकारको हुलहुज्जत गर्नु, गाली गलौज गर्नु, नागरिक वा सार्वजनिक पदधारण गरेकाहरुमाथि नै हातपात गर्दै हिड्नु भनेको दुःखद् कुरा पनि हो ।

मन्त्रीको आलेको पछिल्लो गतिविधिका कारण नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री पदबाट तुरुन्त राजिनामा दिन निर्देशन समेत दिइसकेका बताइएको छ । यसअघि पनि आलेले मुम्बइमा कार्यरत एक नेपालीसंग मेसेन्जरमा भिडियोकल गरी गाली गलौज गरेको भिडियो सार्वजनिक भएको थियो तर, त्यसपछि बतास समुहसंगको घम्साघम्सी पछि फिल्डमा काम हुने गरी परिणाम निकाल्ने मन्त्री भएको भन्दै आलोचना केही मथ्थर भए पनि अहिले उनको आलोचना चरम विन्दुमा पुगेको छ ।

हुनत यसपटक अर्का एक मन्त्री पनि विवादित भैरहेकी छिन आर्थिक लेनदेन देखी सांस्कृतिक विचलनसम्म मन्त्रीहरुमा आईरहेको समाचारहरु हाम्रा सामु नभएका होइनन् तर आलेले भने दादागिरीको शैलीमा आफ्ना गतिविधि अगाडि बढाइरहेका छन् । यस्तो गतिविधिले कदापी राम्रो गर्दैन ।

मन्त्री मात्रै होइन यस्ता खालका क्रियाकलापले सिंगो पार्टी पंक्तिमा समेत दाग लाग्नेछ यसर्थ यस्ता हर्कत गर्नेहरुलाई सरकारका प्रमुखले तुरुन्त निलम्बन गर्न हिम्मत गर्नुपर्छ त्यो कुरामा प्रधानमन्त्री देउवाको समेत कमजोरी रह्यो । आफ्नै सरकारमा रहेका मन्त्रीले किन यस्तो गर्दैछन् ? यसले सिंगो सरकारलाई औजस आउन सक्छ भन्ने कुराको मुल्याँकन गर्न हाम्रा प्रधानमन्त्रीले किन ढिलाई गरे ?

सिंगो राष्ट्रको अभिभावकको रुपमा आफ्नो भूमीका देखाउनुपर्ने मन्त्रीले यसरी जाइलाग्नु राम्रो कुरा होइन प्रधानमन्त्रीले पनि यो कुरा बुझुन् र बर्खास्ती गर्ने, आलोचित गराउने वा निज आवद्ध पार्टीलाई सच्चाउन भन्ने विकल्प हुन सक्छ त्यतातिर लाग्नुपर्छ अन्यथा प्रधानमन्त्री आफै असफल छन् भन्ने बुझ्नुपर्ने हुन्छ । आफु नेतृत्वको सरकार अनुसासित, मर्यादित, जनताप्रति उत्तरदायी भएको देखाउन पनि आफु इमान्दार बन्ने र अराजक मन्त्री वा कुनै तहमा रहेकाहरुलाई खबरदारी सहित कार्वाही गर्नुपर्छ त्यतातिर प्रधानमन्त्रीको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution