Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खेलकुदमा प्रदेश सरकार सकारात्मक(सम्पादकीय)

प्रत्यूष १०२४ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ४, शनिबार (४ साल अघि)
खेलकुदमा प्रदेश सरकार सकारात्मक(सम्पादकीय)

धादिङ,०४ असार।
बागमती प्रदेश सरकारले ल्याएको नीति तथा बजेट कार्यक्रमले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ ।

प्रदेश सरकारको नीति कार्यक्रममा धादिङ जिल्लाभित्र मात्र रहेका ५० वटा खेलकुद मैदानलाई सरकारले बजेट छुट्याएको छ, यसलाई जिल्लाबासीले सकारात्मक रुपमा लिएका छन् ।

प्रदेश सरकारले ५० वटा खेलकुद मैदानमा योजना हाल्दा यो योजना कसरी सम्भव भयो ? के यसैगरी अन्य जिल्लाहरुमा पनि वजेट विनियोजन भएका छन् त ? कि छैन ? कि सामाजिक संजालहरुमा भनिएका, गुनासा गरिएका वा आलाचनामा देखिएको जस्तै पहँुच, पैसा वा आफ्ना पार्टीको नेतृत्वमा विजय भएका स्थानहरुमा मात्रै बजेट हालिएको छ ? बास्तविकता के होला ? त्यो भने सचेत नागरिकहरुबाट बुझ्ने र छुट्याउनुपर्ने बेला भएको छ ।

अहिले अधिकाँश नागरिकहरु सामाजिक संजालमा जोडिएका छन् । सामाजिक संजालमा जोडिएकाहरुले एक दिनमा कम्तिमा पनि एक पटक जोडिने, हेर्ने, जसका कारण हाम्रो समाजमा के भैरहेको छ भन्ने विषयमा ज्ञान लिने गर्दछन् । कतिपयले सामाजिक संजालमार्फत आफ्ना पक्षको समर्थन र विपक्षको विरोध गर्ने लगायतको काममा दिन काटिरहेका पनि पाउन सकिन्छ ।

धादिङ जिल्लामा खेलकुद क्षेत्रमा छुट्ट्याइएको बजेटकै विषयलाई लिएर पनि धेरै मान्छेबाट सामाजिक संजालमा विरोध भैरहेको छ, धादिङ जिल्लाबाट प्रतिनिधित्व गरेका मुख्यमन्त्रि राजेन्द्रप्रसाद पाण्डे नेकपा समाजवादीमा आवद्ध छन् भने उनी निकट पार्टीले धुनिवेसी नगरपालिकाबाट मात्रै निर्वाचनमा विजय भएको छ ।

त्यसैगरी माओवादीबाट योजनामन्त्रीको नेतृत्व गरेका शालिकराम जम्कटेलको नेतृत्वमा रहेको माओवादी केन्द्रले पनि तीनवटा गाउँपालिकाको मात्र नेतृत्व गरिरहेको छ भने, उनीहरु जिल्लाभर ५० वटा खेलकुद मैदानलाई पैसा छुट्याउन सफल भएका छन्, यसमा विरोध गर्नु हामीलाई पैसा चाहिँदैन भन्ने जस्तो गरी पूर्वाग्रही सोंच राख्नु कदापि हुदैन ।

यसर्थ हामी जिल्लाबासी आम युवाहरुले कम्तिमा पनि यो वर्ष प्रदेश सरकारले नै विभिन्न स्थानमा रहेका खेलकुद मैदानलाई रकम दिने काम गरेकोप्रति धन्यवाद दिने र जति पनि रकम खर्च हुँदैछन् तीनिहरुको उचित तरिकाले खर्च होस् मितव्ययी होस् भन्ने भावका साथ अग्रसरता लिनु राम्रो हुन्छ ।

मन्त्री, सांसद वा अन्य नेतृत्वबाट ठाउँ छनौट भएको हुन सक्छ तर, रकम खर्च गर्ने उनीहरुले होइन रकम खर्च गर्ने एउटा विधि छ । एउटा तरिका छ र रकम खर्च गर्दा उनीहरुले अनुगमन हुन सक्छ तर, भुक्तानी दिने, काम कर्मचारीहरुबाट हुने हो यसकारण काम कम भएका ठाउँहरुमा यो यो नपुग भएको छ भनेर गुनासो गर्न सकिन्छ, विकासका नाममा आएको पैसामा नै आक्र्रोसित हुनु राम्रो हुँदैन ।

यसकारण आम धादिङवासी वा सरोकार राख्ने नागरिकहरुले यो विषयमा सोचौं र आगामी हाम्रो बजेट व्यवस्थापनको लागि वलियो खम्बाको रुपमा उभिऔं यसले हामी सबैको लागि फाइदा पुग्न सक्छ भने खेलकुद क्षेत्रको विकास भएमा वा यहाँका खेलाडिहरुले आफ्नो क्षमता वृद्धि गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेतृत्व गर्न सक्ने भएमा हामी सबैलाई फाइदा हुन सक्छ यसकारण खेलकुद क्षेत्रलाई सकारात्मक बनाउन सबैले भुमीका खेलौं ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution