
काठमाडौं, २ असार ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९६४ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उपत्काकाको विभिन्न स्थानमा बुधबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, लेन उल्लंघन गर्ने १३७ जना, मदिरा पिएर सवारी साधन चलाउने ११० जना, तिब्र गतीमा सवारी साधन चलाउने ६९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८८ जना चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकहरू पनि कारवाहीमा परेको कार्यालयले जनाएको छ ।
फाईल तस्विर

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |