Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

फोहोर फाल्न बल प्रयोग !(सम्पादकिय)

प्रत्यूष ९८३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २५, बुधबार (४ साल अघि)
फोहोर फाल्न बल प्रयोग !(सम्पादकिय)

धादिङ,२५ जेठ।
काठमाण्डौ महानगरपालिकाका मेयरले फोहोर व्यवस्थापनको कार्यलाई आफ्नो पहिलो प्राथमिकताको विषय बनाउँदै स्वतन्त्र उम्मेद्वारको तर्फबाट महानगरको मेयरले निर्वाचन जिते,फोहोर व्यवस्थापनलाई नै पहिलो प्राथमिकताको विषय बनाएका शाहले निर्वाचनमा भारी मतान्तर सहित विजय हासिल गरेका बालेन्द्र शाहले सुरुका दिनदेखी नै काठमाण्डौको फोहोर व्यवस्थापन व्यवस्थापनको उचित उपाय निकाल्न सकेका छैनन् । मेयर शाहले अहिले जति प्रयास जारी राखेका छन् आम नागरिकहरुले नीजको प्रयासलाई सकारात्मक रुपमा लिएका छन् भने, फोहोर फाल्न तयार गरिएको धादिङ र नुवाकोट आसपासका नागरिकहरुबाट विरोध भैरहेको छ ।

स्थानीय नागरिकहरुको स्वास्थ्य समस्याहरुलाई विशेष रुपमा उठाइएको छ र काठमाण्डौबाट ल्याइएका फोहोरहरु फाल्न स्थानीयले रोक लगाईरहेका छन् । जसका कारण मेयर शाहलाई चुनौती थपिएको छ । केही दिन अघिसम्म शान्तीपूर्ण तरिकाले फाहोर वयवस्थापन सहजतापूर्वक अगाडि बढाउने भनेपनि ंपछिल्लो समय झन असहज बन्दै गएको छ ।

दोस्रो कार्यकालका लागि स्थानीय जनप्रतिनिधिहहरु त्यो पनि स्वतन्त्र व्यक्ति चुनिएपछि काठमाण्डौ महानगरपालिकाको मुहार जनअपेक्षा अनुसार फेरिने आशा र अपेक्षा गरिएको थियो तर पहिलो महिना त्यस प्रकारको संकेतहरु देखा परको छैन यद्यपी नयाँ सरकारले नीति तथा कार्यक्रम तय गर्नको लागि नयाँ जनप्रतिनिधिहरुले तयारी गरिरहेकोेले जनताको पक्षमा केही न केही सुधार आउने अपेक्षा भने पक्कै गरिएको छ । हुनत यस अघिका जनप्रतिनिधिहरुले पनि नयाँ खालका नीति तथा कार्यक्रमहरु नल्याएका होइनन् ।

नयाँ प्रकारका नीति तथा कार्यक्रम ल्याएकाहरुले नीति तथा कार्यक्रम अनुसारको कामलाई व्यवहारिक बनाउनु जरुरी छ । जुन नेतृत्वबाट नीति तथा कार्यक्रम संगै जनताको दैनिकीमा नयाँ कामहरु व्यवहारिक रुपमा देखा पर्नेछन् त्यो नै सफलता भएको मानिनेछ यसर्थ अहिलेको परिपेक्षमा सबैन्दा ठूलो कुरा भनेको जनताको जीवनशैलीलाई सहजतापूर्वक अगाडि बढाउनु नै हो ।

पछिल्लो झण्डै ६ महिना भन्दा धेरै समयसम्म काठमाण्डौमा फोहोर थुप्रिरहेको अवस्था छ । महानगरका प्रमुखले फोहोर व्यवस्थापनको कुरा उठाउनु र सरसफाईको कामलाई अगाडि बढाउने प्रयत्न गर्नु निकै राम्रो कुरा हो तर, फोहोर फाल्ने नाममा स्थानीय नागरिकमाथि प्रहरी परिचालन गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना हुनु दुःखद पक्ष हो ।

फोहोरका कारण स्थानीयले केही सास्ती भोग्नुपर्ने कुरामा दुइमत छैन यसकारण पनि स्थानीयको केही मागलाई सम्बोधन गर्न सरकारकै तर्फबाट पनि केही लचकता भने अपनाउनुपर्छ त्यो विषय बालेनले बुझुन् । यदि बालेनले स्थानीयलाई बुझ्न र बुझाउन मात्रै सके भने मात्रै पनि काडमाण्डौ महानगरपालिका लगायतका धेरै स्थानीय तहमा दलका नेताहरुमा रहेको केही धङधङि हट्नेछ र राजनीतिकर्मीहरुमा राजनीतिक भावको विकास हुनुसंगै भावी पुस्ताहरुमा समेत त्यसको सन्देश जानेछ ।

अहिले बालेन लगायतका स्वतन्त्र व्यक्तिलाई असफल पार्नका लागि पनि धेरै षड्यन्त्रहरु भैरहेका हुन सक्छन् स्वतन्त्र रुपमा निर्वाचनमा विजय हासिल गरेकाहरु त्यसमा समेत सचेत हुनु जरुरी छ । अहिले काठमाण्डौको फोहोर उठाउने नाममा नागरिकमाथि जुन प्रकारको हस्तक्षेप गर्ने प्रयत्न गरिएको छ, त्यसलाई समेत सुझवुझपूर्ण तरिकाले अगाडि बढेमा सम्भावित दुर्घटनाहरु टर्न सक्छ ।

अहिले निर्वाचित दुवैतर्फको जनप्रतिनिधिहरु संयुक्त रुपमा वसेर यि विषय हल गर्न सकेको खण्डमा अझै राम्रो हुनेछ, काठमाण्डौ मात्रैले नभई सिंगो धादिङको समृद्धि मार्ग समेत भद्र सहमतिले सृजना गर्न सक्छ दुवै पक्षले यि कुरा बुझन् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

    Post Thumbnail

    मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

    Post Thumbnail

    मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

    Post Thumbnail

    कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution