Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २१, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एन्फा निर्वाचन: दुई सदस्यको उम्मेदवारी खारेज

प्रत्यूष ७४३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (३ साल अघि)
एन्फा निर्वाचन: दुई सदस्यको उम्मेदवारी खारेज

काठमाडौं, १९ जेठ ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी ६ असारमा हुने निर्वाचनमा उम्मेदवारी दिएका दुई सदस्यको उम्मेदवारी खारेज भएको छ । एन्फाको निर्वाचन कमिटीले इन्टीग्रीटी परीक्षणमा कैफियत देखिएकोले दुई सदस्यको उम्मेदवारी खारेज गरेको जनाएको छ ।

रद्द हुने उम्मेदवारमा रमेश कुमार श्रेष्ठ र शम्भुबहादुर सिंह ठकुरी रहेका छन् । यससँगै सदस्य उम्मेदवारी ३४ रहेको छ । यस अघि ३६ उम्मेदवारी रहेको थियो । यद्यपि दुई सदस्य अपिल कमिटीमा जान सक्नेछन् ।

असार ६ गते हुने चुनावमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा फ्रेन्डस क्लबका राजीव पौडेलसहित गरी तीनजनाको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुली र नेम्वाङ प्यानलबाट वीरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्ष पदका लागि शेर्पा प्यानलबाट उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्माको उम्मेदवारी परेको छ भने नेम्वाङ प्यानलबाट सुन्दरनरसिंह जोशी, विराटजंग शाही, दावा लामा र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि नै सदस्य पदका लागि भरत बुड थापा, दीपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रवीन्द्र चन्द, मानदेव हजारा, तपेश्वर कुमार राउत कुर्मी, मणिराज विष्ट, मणि मार लिम्बु, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराज गुरुङ, लोकेन्द्र गुरुङ, बाँकेका प्रदेश सिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, कुमार कटुवाल, प्रवीण कुमार यादव, कृष्ण मुरारी गुरुङ, रमेश व्यञ्जनकार, मिलन गुरुङ, विजय घले, नेपाल कार्की, विकास नारायण श्रेष्ठ, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, प्रवीण कुमार सुवाल, निरोज खड्गी, ताप्लेजुङका बालकृष्ण सावाँ, मनाङ मर्स्याङ्दी क्लबका मुखिया लामा र पूर्व खेलाडी सुन्दर थापा क्षेत्रीले उम्मेदवारी दिएका थिए ।

यस्तै, दुई महिला सदस्यका लागि सरिला श्रेष्ठ, बिन्द्रा देवान, विमला पौडेल, पेमा डोल्मा लामा र विना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । आगामी चार वर्षे कार्यकालका लागि असार ६ गते एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ खुल्ला सदस्य र दुई महिला सदस्य गरी २१ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • एनपिएलः आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा हुँदै

  • युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

    युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

  • क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

    क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा

  • धादिङको नीलकण्ठलाई लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

    धादिङको नीलकण्ठलाई लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २१ गते आईतबार

    २०८२ मंसिर २१ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

    दार्चुलामा भूकम्प

    दार्चुलामा भूकम्प

    ‘कृषकलाई मौसमले ठग्दो रहेछ’

    ‘कृषकलाई मौसमले ठग्दो रहेछ’

    ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

    ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution