Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

पोखरा चिनाउँदै विदेशी ‘कन्टेन्ट क्रिएटर’

अन्तरराष्ट्रियस्तरमा पर्यटकीय सहर पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन् ।
रासस ५२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (५३ मिनेट अघि)
Post Thumbnail

गण्डकी, १६ कात्तिक : अन्तरराष्ट्रियस्तरमा पर्यटकीय सहर पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन् ।

‘प्रकृति, संस्कृति र साहस’ मा आधारित यहाँका पर्यटकीय गन्तव्यलाई सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट विश्व पर्यटन बजारमा प्रवर्द्धनका लागि उनीहरु पोखरा आएका हुन् ।

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा पोखरा आएका कन्टेन्ट क्रिएटरले यहाँका विभिन्न गन्तव्यमा पुगी भिडियो सामग्री निर्माण गरिरहेको बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटर पोखरा आएको उहाँको भनाइ छ ।

“ट्राभल कन्टेन्ट क्रिएटरले पहिलो चरणमा पोखरा, चितवन र बर्दियाको प्रवद्र्धनात्मक भिडियो सामग्री निर्माण गरी टिकटिकलगायत सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्नेछन्”, बोर्डका कार्यकारी सदस्य पोखरेलले भन्नुभयो, “यो अभियान वर्षभरि नै सञ्चालन हुन्छ, अन्य देशका प्रभावशाली कन्टेन्ट क्रियटरलाई पनि नेपालको भ्रमण गराएर विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गर्ने बोर्डको योजना छ ।”

पोखरा आएका कन्टेन्ट क्रियटल शनिबार साँझदेखि यहाँका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका गन्तव्यको स्थलगत भ्रमण गरिरहेको उहाँले बताउनुभयो । उनीहरुले फेवाताल, पातले छाँगो (डेभिज फल्स), विश्व शान्ति स्तूपा, पुम्दीकोट, कास्कीकोट, सराङकोट, बेगनास ताललगायतका गन्तव्यस्थलमा पुगी भिडियो सामग्री तयार गर्नेछन् ।

यहाँको प्राकृतिक सौन्दर्य, मौलिक कला, संस्कृति, साहसिक गतिविधि र स्थानीय जीवनशैलीलाई समेटेर निर्माण गरिएका भिडियो सामग्रीले पोखरा मात्र नभएर सिङ्गो देशकै पर्यटन प्रवर्द्धन हुने बोर्डका कार्यकारी सदस्य पोखरेलले बताउनुभयो । चर्चित कन्टेन्ट क्रियटरको टिकटकलगायत सामाजिक सञ्जालका माध्यमबाट पोखराको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न सकिने हुँदा बोर्डको अभियान प्रभावकारी हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

“धेरै फलओर्स भएका कन्टेन्ट क्रिएटरले टिकटिकबाट पोखराको भिडियो राख्दा त्यो विश्वभरका लाखौँ दशर्कमाझ पुग्न सक्छ”, उहाँले भन्नुभयो, “गन्तव्य प्रवर्द्धनका लागि सामाजिक सञ्जालमा राखिने छोटो भिडियो सामग्री पछिल्लो धेरै प्रभावकारी देखिएको छ ।”ह

  • कास्की
  • गण्डकी
  • चितवन
  • बर्दिया
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

  • ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

    ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

  • Post Thumbnail

    रैथाने परिकारसम्बन्धी सीप विकास तालिम सञ्चालन

  • धैबुङ  कालिका  मन्दिर ओझेलमा

    धैबुङ कालिका मन्दिर ओझेलमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जापानका लागि प्रस्तावित राजदूत थापाद्वारा नाम फिर्ता

    Post Thumbnail

    भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

    ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

    ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

    Post Thumbnail

    पोखरा चिनाउँदै विदेशी ‘कन्टेन्ट क्रिएटर’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution