Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङ उद्योग बाणिज्य संघको नवनिर्वाचित टिमलाइ पद हस्तान्तरण

प्रत्यूष १११५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (४ साल अघि)
धादिङ उद्योग बाणिज्य संघको नवनिर्वाचित टिमलाइ पद हस्तान्तरण

धादिङ,१९ जेठ ।
धादिङ उद्योग बाणिज्य संघको नव निर्वाचित टीमलाई पद हस्तान्तरण गरिएको छ ।

संघको अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई बुधबार एक कार्यक्रमका बीच पद हस्तान्तरण गरिएको हो । संघका नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद थपलियालाई निवर्तमान अध्यक्ष रुद्रबहादुर खत्रीले निर्णय पुस्तिका हस्तान्तरण गर्दै पद सुम्पिनुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला÷नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ,धाङिका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल को विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका जिल्ला÷नगर उपाध्यक्ष श्रेष्ठले जिल्लाको व्यवसायीहरुको हकहितको लागि उद्योग वाणिज्य संघले सदैव काम गर्ने भन्दै नवनिर्वाचित सदस्यहरुलाई नयाँ र ब्यवसायी मैत्री कार्ययोजना बनाई काममा लाग्न आग्रह गर्नुभएको छ ।

२०७८ चैत १० गतेदेखि १४ गतेसम्म चलेको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको भएपनि उनीहरुले पद बहाल गरेका थिएनन् । पद हस्तान्तरण संगै बसेको जिल्ला समितिको पुर्ण वैठकले कार्यसमितिका पदाधिकारीहरु चयन गरेको छ । जसमासंघको महासचिवमा तिलक सिंखडा चयन भएका छन् ।

त्यस्तै कार्यसमितिको उद्योग उपाध्यक्षमा राजाराम सिलवाल, बाणिज्य उपाध्यक्षमा शेषकान्त कँडेल, महिला उपाध्यक्षमा अम्विका अधिकारी र बस्तुगत उपाध्यक्षमा गोविन्द भण्डारी चयन भएका छन् । त्यस्तै सचिवमा नृपेश न्यौपाने, अजय त्रिपाठी र अर्जुन सापकोटा चयन भएका छन् भने कोषाध्यक्षमा सुमन धरेल चयन भएका छन् ।

संघको विधान अनुसार सवै सदस्यहरु निर्वाचित गरेपछि निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गर्ने ब्यवस्था छ । कार्यसमितिको वैठकले रोहित भण्डारी, शान्त विक्रम बानियाँ, रामजी अधिकारी, सुदर्शन रिजाल र किरण पाठकलाइ जिल्ला समितिको सदस्यमा मनोनित पनि गरेको छ । नयाँ कार्यसमितिले सदस्यहरु मनोनित गरेसंगै कार्यसमितिको संख्या ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट

  • Post Thumbnail

    सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

  • Post Thumbnail

    मुस्ताङका तीन स्थानीय तहद्वारा छ ब्यारेल इन्धन सहयोग

  • Post Thumbnail

    हाइटेरा र अडिडेलद्वारा सुरक्षा निकायलाई सञ्चार प्रविधि हस्तान्तरण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    Post Thumbnail

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    Post Thumbnail

    सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution