Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

घोषणा अनुसारको काम गर।(सम्पादकीय)

प्रत्यूष १६२९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १२, बिहिबार (४ साल अघि)
घोषणा अनुसारको काम गर।(सम्पादकीय)

धादिङ,१२ जेठ ।
एक्काईसौँ शताब्दीको एउटा उन्नत मुलुक निर्माण गर्न अभियानमा अहिले नव निर्वाचित जनप्रतिनिनिधिहरुले नयाँ नयाँ कार्यक्रमको घोषणा गरिरहेका छन् ।

पहिलो पाँच वर्षे कार्यकालमा निकै धेरै विकासको क्रमले तिव्रता पाएको भनिएको भरतपुर महानगरपालिकाका मेयरले महानगवासीहरुलाई पिउने पानी निःशुल्क बनाउँदै लैजाने र सरकारी अस्पतालमा जन्मेका छोरीहरुको १ लाख रुपैयाँको वीमा कार्यक्रम अनिवार्य गर्ने घोषणा गरेका छन् ।

यो भरतपुर महानगरपालिकाले मात्रै होइन स्वतन्त्र रुपमा निर्वाचित भएका धरानका मेयर हर्क सापाङले पनि धराने जनताको लागि खानेपानी, अस्पताल लगायतका क्षेत्रमा निकै धेरै सुधार गर्ने प्रतिवद्धता जनाउँदै जनताका जीवनशैली परिवर्तनन गर्ने आफु लागिपर्ने बताउँदै वि.पी अस्पताल लगायतका क्षेत्रहरुमा सुधार गर्ने बताउँदै आएका छन् ।

त्यसैगरी हाल विभिन्न स्थानीय तहहरुमा पदबहाली गरे लगतै विभिन्न स्थानीय तहका प्रमुखहरुले आ–आफ्नो शैली र आवश्यकताका आधारमा विभिन्न किसिमका घोषणागरु गरिरहेका छन् ।

अहिले स्थानीय तहमा निर्वाचित भएकाहरुले आ–आफ्नै तौर तरिकामा नयाँ नयाँ कार्यक्रम घोषणा गर्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ तर, उनीहरुले गरेको घोषणाका नयाँ नयाँ कार्यक्रम कार्यान्वयन हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।

यस अघिका वर्षहरुमा जस्तै निर्वाचितहरुले गरेका कतिपय घोषणाहरु घोषणामा मात्रै सिमित रहेको पाइन्छ । यसपटक पनि निर्वाचितहरुले घोषणा गरेका खानेपानी, विजुली व्यवस्थापन तथा सहयोग, सडकको स्तरोन्नती देखी घर घरमा खानेपानी धरा निर्माण युवा लक्षित कार्यक्रम संचालन जस्ता कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समाबेश गराउन सक्छन् कि सक्दैनन् त्यो पनि हेर्न वाँकी नै छ ।

अहिलेसम्म त कतिपय जनप्रतिनिधिहरुले विजय जुलस नै सकेका छैनन् धेरै स्थानहरुमा देखिएका विजयसभा तथा विजय जुलुसहरुमा देखिएको तडकभडक अशोभनीय नै छन् । त्यस प्रकारका कार्यक्रमबाट निस्कने खर्चदेखी आफ्ना निकटतम प्रतिद्धन्द्धी तथा अन्य उम्मेद्ध्वारहरुलाई पनि त्यसले कस्तो सन्तोष देला त्यतातिर समेत ख्याल गरेको पाइदैन ।

अहिले खासगरी शहरी क्षेत्र तथा शैक्षिक स्तर केही माथि उठेका क्षेत्रहरुमा स्वतन्त्रउम्मेद्वारहरुको पक्षमा जनमत सृजना हुँदै गएको पाइएको छ, यसले राजनीतिक दलहरुले गरेका काम कारवाही सन्तोषजनक नरहेको सन्देश दिएको बुझ्न सकिन्छ ।

यो वर्ष पनि स्वतन्त्र उम्मेद्वारहरुले जित हात पारेका स्थानहरुको विकास निर्माणमा कायापलट हुने र दलका प्रतिनिधित्व गरी विजय हात पारेकाहरुको स्थििति पुरानै हुने हो भने दलहरुप्रति हेर्ने दृष्टिकोणमा निकै अन्तर पर्न सक्छ यसकारण पनि दलका तर्फबाट निर्वाचित भएकाहरु दिलोज्यानले विकास निर्माणको क्षेत्रमा लाग्नुपर्ने दायित्व थपिएको छ ।

अहिले ठुला नेताको पहुँच पुग्ने स्थानीय तहहरुमा प्रदेश र संघबाट समेत विकास निर्माणका काममा धेरै रकम आउने र अन्य सामानय प्रकारका प्रतिनिधिहरुका स्थानहरुमा कम र नियमित प्रकारका वजेटहरु आउने भएका कारण पनि सामान्य प्रकारको जनप्रतिनिधिहरुलाई काम गर्न निकै गाह्रो छ ।

जे जस्तो बाधा अफ्ठ्याराहरु भए पनि अहिलेका जनप्रतिनिधिहरुले जे गर्न सक्छन् त्यहि विषयमा मात्र बोल्ने, आफ्नो क्षेत्रको विकासका कामको डिपिआर गर्ने र जनताको आवश्यकता के हो भनेर वुझेर मात्रै काम गर्ने हा्े भने सफलता हात पार्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पेस्तोल बरामद

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    Post Thumbnail

    प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution