Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

३३ हजार ६१५ जना जनप्रतिनिधि निर्वाचित हुँदा कुन दलले कति जिते ?

प्रत्यूष ८५० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ८, आईतबार (४ साल अघि)
३३ हजार ६१५ जना जनप्रतिनिधि निर्वाचित हुँदा कुन दलले कति जिते ?

काठमाडौं, ८ जेठ ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरु निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ ।

वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन भएको थियो । निर्वाचनमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

आयोगको पछिल्लो मतपरिणामको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवारले जितेका छन् ।

कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका १३ हजार २०० सय उम्मेदवार विभिन्न पदमा निर्वाचित भइसकेका छन् । प्रमुखमा १२७, अध्यक्षमा १८६, उपप्रमुखमा १००, उपाध्यक्षमा १९०, वडा अध्यक्षमा २ हजार ५५०, महिला सदस्यमा २ हजार ५०६, दलित महिला सदस्यमा २ हजार ४५२ र सदस्यमा ५ हजार ८९ जना कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

कांग्रेसपछि दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । आयोगका अनुसार विभिन्न पदमा हालसम्म एमालेका ११ हजार ३८० जना उम्मेदवार विजयी बनेका छन् ।

विजयी हुने एमाले उम्मेदवारमा प्रमुख पदमा ६९, अध्यक्षमा १२१, उप्रमुखमा ९२, उपाध्यक्षमा १२२, वडा अध्यक्षमा २ हजार ४९, महिला सदस्यमा २ हजार २४१, दलित महिला सदस्यमा २ हजार ४५२ र सदस्यमा ४ हजार ४९६ जना रहेका छन् ।

माओवादीका हालसम्म ४ हजार ९३० जना उम्मेदवार विजयी बनेका छन् । प्रमुखमा २४, अध्यक्षमा ९६, उपप्रमुखमा ३२, उपाध्यक्षमा ९५, वडा अध्यक्षमा  १ हजार ३०, महिला सदस्यमा ९४०, दलित महिला सदस्यमा ९४९ र सदस्यमा १ हजार ७६४ जना माओवादी उम्मेदवारले जित निकालेका छन् ।

जसपा नेपालका ३ हजार ३९१ जना उम्मेदवारले जितेको आयोगले जनाएको छ । यीमध्ये अध्यक्षमा २०, उपप्रमुखमा ११, उपाध्यक्षमा १८, वडा अध्यक्षमा २७३, महिला सदस्यमा २७४, दलित महिला सदस्यमा २७२ र सदस्यमा ५४६ जनाले जित निकालेका हुन् ।

आयोगका अनुसार हालसम्म अन्य साना दल र स्वतन्त्र उम्मेदवारी दिने २ हजार ६९१ जना विजयी बनेका छन् । अन्य दल र स्वतन्त्रका २७ जनाले प्रमुखमा, २९ जनाले अध्यक्षमा, २० जनाले उपप्रमुखमा, २७ जनाले उपाध्यक्षमा, ५६२ जनाले वडा अध्यक्षमा, ५०० जनाले महिला सदस्यमा, ४८५ जनाले दलित महिला सदस्यमा र १ हजार ३२ जनाले सदस्यमा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

  • जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

  • Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

  • Post Thumbnail

    कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो होः उपसभापति भुसाल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

    Post Thumbnail

    भेरी अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दो

    जङ्गली हात्ती मृत फेला

    जङ्गली हात्ती मृत फेला

    Post Thumbnail

    कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँः महामन्त्री घिमिरे

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution