
हेटौंडा, १६ चैत।
नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदबाट राजीनामा दिएका श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन्।
बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर चुनावपछि पार्टी कमजोर हुने भन्दै उनले पार्टी परित्यागको घोषणा गरेको थिए । त्यस लगतै बिहीबार उनलाई काठमाडौंमा एमालेका अध्यक्ष केपी ओलीले एमाले प्रवेश गराएका थिए ।
पोखरेल अहिले हेटौंडाका उम्मेदवारसँग चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । हेटौंडा-५ मा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले नेकपा एस कांग्रेसको ‘एस’ भइसकेको बताए । उनले नेकपा एससँग कुनै विचार र दृष्टिकोण नभएको आरोप लगाए ।
‘एसको विचार केवल एमालेलाई कमजोर बनाउने र नेपाली कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेभन्दा अरू कुनै छैन,’ उनले भने । अनन्त: पौडेलको नेतृत्वमा हेटौंडालाई सुन्दर बनाउने अभियानमा सबैजना लाग्नुपर्ने उनको भनाई छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |