Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २१, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बालुवाटारमा कुरा मिल्दा स्थानीय तहमा कांग्रेस र जसपा असन्तुष्ट !

१०९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (१ साल अघि)
बालुवाटारमा कुरा मिल्दा स्थानीय तहमा कांग्रेस र जसपा असन्तुष्ट !

काठमाडाैं, ८ वैशाख

सत्ता गठबन्धनले आगामी स्थानीय तहका लागि महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएसँगै नेपाली कांग्रेस सहितका दलमा चर्को असन्तुष्टि देखिएको छ ।

तीन दिनयता लगातार छलफलमा जुटेका सत्ता गठबन्धनका दलहरुको आज बसको बैठकले भागवण्डा टुंगो लगाएको हो । गठबन्धनको निर्णय अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर लिएको छ भने वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिने भएको छ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर पाएको छ भने ललितपुर महानगरपालिकामा उपमेयर उसको भागमा परेको छ ।

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ। त्यस्तै उसले काठमाडौं महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) ले वीरगंज महानगरपालिका र विराटनगरमा उम्मेदवारी दिने गठबन्धनमा सहमति भएको छ ।

उपमहानगरमा कांग्रेसले इटहरी, धरान, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख पाउने सहमति भएको छ भने माओवादीले जितपुर सिमरा र घोराहीको प्रमुख पाएको छ । एकीकृत समाजवादीले हेटौंडा पाउँदा जसपाले जनकपुर पाएको छ ।

दलहरुबीच केन्द्रमा भागवण्डा टुंगो लाग्दा स्थानीय स्तरमा बिरोध भइरहेको छ भने नेताहरुले असन्तुष्टि जनाएका छन् ।

जनकपुर र वीरगञ्ज जसपालाई दिने निर्णय भएसँगै त्यहाँ कांग्रेस कार्यक्ताहरु क्रुद्ध भएका छन् ।

कांग्रेस जनकपुरका नगर अध्यक्ष मनोज साहले यो निर्णय स्वीकार नगर्ने चेतावनी दिए । निर्णय नसच्याए कठोर कदम चाल्ने चेतावनी नेता कार्यकर्ताले दिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गठबन्धनले गरेको छ तर स्थानीय कांग्रेस नेता कार्यकर्ता सन्तुष्ट छैनन् । बुधबार दिउँसै उनीहरुले विज्ञप्ति निकालेर एकीकृत समाजवादीलाई दिए एक्लै प्रतिस्पर्धा गर्ने चेतावनी दिएका थिए ।

सत्ता गठबन्धनको छलफलमा अड्चन पैदा गरेको कास्कीको पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ । तर कांग्रेस कार्यकर्ताहरु सन्तुष्ट छैनन् । स्थानीय तहमा एकीकृत समाजवादीको जनाधार नभएको भन्दै कांग्रेसले आफूले पाएमात्र चुनाव जित्न सकिने दाबी गर्दै आएको छ । केन्द्रमा गठबन्धन बनेसँगै पोखरा महानगर समितिले कास्की कांग्रेसको कार्यालयमा तालाबन्दी गरेको छ ।

कांग्रेसमा मात्र होइन गठबन्धनका अन्य दलका नेता कार्यकर्ताले समेत भागबण्डामा असन्तुष्टि व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाँके जिल्ला कमिटीले केन्द्रमा शीर्ष नेताबीचको सहमति नमान्ने चेतावनी दिएको छ । जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने सहमति बालुवाटारमा भएपछि जसपा नेताहरु आक्रोशित बनेका हुन् । उनीहरुले उक्त निर्णय सच्याउन अल्टिमेटम नै दिएका छन् । 

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • महासचिव घनश्याम भुसाललाई पितृशोक

    महासचिव घनश्याम भुसाललाई पितृशोक

  • १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

  • हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

  • व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८० जेष्ठ १२ गते शुक्रबार

    २०८० जेष्ठ १२ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    महासचिव घनश्याम भुसाललाई पितृशोक

    महासचिव घनश्याम भुसाललाई पितृशोक

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    १७०० रुपैयाँले घट्याे सुनको मूल्य

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0