Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

स्थानीयको अवरोधका कारण सुरुङमार्ग निर्माणको काम ५ दिनदेखि ठप्प

१३०० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (४ साल अघि)
स्थानीयको अवरोधका कारण सुरुङमार्ग निर्माणको काम ५ दिनदेखि ठप्प

धादिङ,०३ बैशाख।
चन्द्रागिरि नगरपालिका–२ का स्थानीयको अबरोधका कारण पाँच दिनदेखि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण रोकिएको छ । सुरुङ खन्न थालेपछि पानीका मुहान सुकेको भन्दै गत चैत २८ गतेदेखी स्थानीयले निर्माणमा अवरोध गर्दै आएका छन्। यही वडाका स्थानीयले धादिङतर्फ पनि निर्माणको काम अघि बढ्न दिएका छैनन्।

स्थानीयले चैत २८ र २९ गते टुटिपाखामा रहेको निर्माण कम्पनी हाज्मा एन्डो र परामर्शदाताको कार्यालय तोडफोड गरेको आयोजनाले जनाएको छ । यसअघि स्थानीयले २०७७ फागुनमा आजीवन निःशुल्क खानेपानीको व्यवस्थापन गर्नुपर्नेलगायत ८ बुँदे माग आयोजनासमक्ष राखेका थिए । तर आफूहरूका माग पूरा नगरिएको वडा नम्बर २ वडा अध्यक्ष गोपी सुर्खेतीले बताउनुभयो । खानेपानीलगायतका माग राखेर निर्माण कम्पनीको कार्यालय पुग्दा प्रहरीले हस्तक्षेप गरेपछि झपड भएको उहाँको दाबी छ ।

वडाध्यक्ष सुर्खेतीकै नेतृत्वमा गएको टोलीले कार्यालय तोडफोड गरेको आयोजना स्रोतको दाबी छ । तर सुर्खेतीले भने आफूहरूले केही तोडफोड नगरेको बताउनुभयो । वार्तामा बसिरहेका बेला स्थानीयमाथि प्रहरी हस्तक्षेप हुँदा स्थानीय आक्रोशित बनेको उहाँको भनाइ छ ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले वार्ताबाट समस्या समाधानको प्रयास भइरहेको बताउनुभयो । तीव्र गतिमा निर्माणको काम भइरहेको समयमा अचानक अहिले आएर काम रोकिएको भन्दे शाक्यले वार्ता भइरहेकाले छिट्टै समस्या समाधान भएर निर्माणको काम अघि बढ्ने बताउनुभएको छ।

पानीको समस्या भएका ठाउँमा सुक्खायाममा आयोजनाले डेढ महिनासम्म ट्यांकरबाट पानी उपलब्ध गराउने शाक्यले बताउनुभयो।
पानी तान्ने पम्प परिवर्तन गर्ने र त्यसका लागि एउटै पम्पको डेढ÷दुई करोड रुपैयाँ पर्ने भन्दे शाक्उले यसका लागि अध्ययन गरेर काम गर्नुपर्ने बताउनुभयो।पम्प जडान हुने बेलासम्म सुक्खायाममा ट्यांकरबाट पानी उपलब्ध गराइने उहाँको भनाइ छ ।

अहिले प्रतिदिन ५ ट्यांकर पानी उपलब्ध गराइराखेको भन्दै उहाँले त्यसले नपुगे प्रतिदिन १० ट्यांकर पानी दिन तयार रहेको तर आफूहरूका माग पूरा भएनन् भनेर कार्यालय तोडफोड गर्नु गलत रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक शाक्यको भनाई छ।

प्रतिक्रिया दिनुहोस
धुनिबेशी नगरपालिका सम्बन्धि थप
  • Post Thumbnail

    बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

  • अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

    अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

  • झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित

    झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित

  • अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

    अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

    अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

    अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता

    झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित

    झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित

    बेनी–जोमसोम–कोरला सडक :  मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution