Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

दलहरु अब सुध्रुन् । (सम्पादकीय)

प्रत्यूष १०८९ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १७, शुक्रबार (४ साल अघि)
दलहरु अब सुध्रुन् । (सम्पादकीय)

धादिङ,१७ भाद्र ।
संघीय र प्रदेशको निर्वाचन तर्फ देश अगाडि बढिरहेको बेला राजनीतिक दलहरुले आ आफ्नो पक्षमा अभिमत तयार गर्न विभिन्न रणनीतिहरु अपनाउन सुरु गरेका छन् ।

पछिल्ला केही दिनदेखी राजनीतिक दलका नेता कार्यकर्ताहरु एक अर्कालाई पार्टी प्रवेश गराउने दौडमा लागिसकेका छन् । अहिले एउटा पार्टीका नेता अर्को पार्टीमा प्रवेश गरेको फोटो हाल्ने र पूर्व पार्टीप्रति कटाक्ष गर्ने काम गरिरहेका छन् । देश निर्वाचन उन्मुख हुँदै जाँदा राजनीतिक दलहरुमा यस्तो चरित्र देखा पर्नु स्वभाविक हो ।

विगतका वर्षदेखी नै हुँदै आएको वा देखि भोगि आएका विषयहरु हुन् । दल निर्वाचनको लागि एउटा आधिकारिक संरचना हो । दलभित्र रहेका सदस्यहरु कतिपय अवस्थामा पार्टी कमिटिबाटै बेलाबेला पेलिएका हुन्छन् भने निर्वाचनका बेलामा कसले टिकट लिने वा को जनप्रतिनिधिको रुपमा चुनिएर सत्तारोहण गर्ने भन्ने विवादले उत्कर्ष रुप लिने गरेको छ जसको परिणाम स्वरुप पछिल्लो समय पार्टी परित्याग, प्रवेश वा नयाँ पार्टी खोल्ने र निर्वाचनमा सहभागि हुने जस्ता विषयहरु अग्र स्थानमा आउने गरेको छ । विगतलाई कोट्याउने हो भने पनि हाम्रो इतिहास यसैगरी अगाडि बढिरहेको पाउन सकिन्छ ।

दलका नेता जसले आफ्नो राजनीतिक जिवनभित्र विभिन्न खालका उतारचढावहरु व्यहोरिरहेको हुन्छ भने निर्वाचनका समयमा आफ्नो नाम प्रतिनिधिको लागि सिफारिस हुनु पनि महत्वपूर्ण मानिन्छ यसकारण पनि नेता कार्यकर्ताहरु एकबाट अर्को र अर्कोबाट झन अर्को पार्टी रोज्ने, विद्रोह गर्ने वा क्रान्ति र प्रतिक्रान्तिको दिशामा अगाडि बढ्नेतर्फ लाग्छन् यि सबै गतिविधिहरु निर्वाचन अघिदेखी निर्वाचनको समयावधिसम्म देखिने गतिविधि हुन् ।

त्यतिवेला राजनीतिक नेता कार्यकर्ताहरुले देखाएको बानी व्यवहार र उसले संचालन गर्ने गतिविधिमाथि आम नागरिकहरुबाट पनि क्रिया प्रतिक्रिया आउने गरिरहेको छ त्यो पनि पछिल्लो समय हामीले विभिन्न सामाजिक संजाल वा विभिन्न कार्यक्रमहरु मार्फत भैरहेको पाउन सकिन्छ ।हुनत हाम्रा नेता नेताको रुपमा परिचित हुन सकेका छैनन् ।

निर्वाचन अघिसम्म नयाँ नयाँ नारा ल्याउने नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्ने र निर्वाचन सम्पन्न पश्चात निर्वाचित भएपछि शुन्य काम नियमित बाहेकका काम शुन्य गर्ने परम्पराका कारण नेतृत्व टिकाईराख्न सकेका छैनन् । जसका कारण भविष्य बुझ्ने र बर्तमानलाई डो¥याउन सक्ने कतिपय सक्षम खालका नेतृत्व समेत पछि परिरहेका छन्, यो हाम्रो राजनीतिककै बिडम्बनाको विषय बनेको छ ।

यसतर्फ पनि समयमै नसोच्ने र आजसम्म जति कमीकमजोरि रहे भोलि हुन दिन्नौं भन्ने खालको एउटा समझदारी तयार गर्न जरुरी छ, अन्यथा पछिल्लो पूर्व, मध्य र पश्चिममा देखिएको स्वतन्त्रको दवदवा देशैभरी हुन धेरै दिन कुर्नु पर्दैन यसर्थ अहिले जो जो दलको नेतृत्वमा छन् उनीहरु पहिले आफैं सुध्रने र दोस्रो त सिंगो पार्टी पंक्ति, सिंगो कमिटि र आम सदस्यहरुलाई जिम्मेवार भएर नागरिककहाँ प्रस्तुत हुने वातावरण तयार गरुन् अन्यथा कतिपय राजनीतिक लदहरु विघठनको संघारमा जानुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    Post Thumbnail

    मनकामना केबलकार मङ्गलबार बन्द रहने

    Post Thumbnail

    सात दशकदेखिको भूमिहीन समस्या समाधानतर्फ सरकार क्रियाशील

    Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution