Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सुध्रेनन् हाइवेका होटल ! (सम्पादकीय)

प्रत्यूष ९८५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १३, सोमबार (४ साल अघि)
सुध्रेनन् हाइवेका होटल ! (सम्पादकीय)

धादिङ,१३ भाद्र।
पछिल्ला केही दिनदेखी हाइवे क्षेत्रका होटलहरुमा अनुगमन भैरहेका र धेरै होटलहरु जरिवानामा परेका समाचारहरु आईरहेका छन् । पछिल्लो साता विशेष गरी धादिङ जिल्लाको बेनिघाट रोराङ स्थित जोगिमारादेखी काठमाण्डौसम्म जोडिने धादिङ क्षेत्रभित्र अनुगमन भैरहेको छ र विभिन होटलहरु कारबाहीमा परिरहेका छन् ।

घरेलु कार्यालयको नेतृत्वमा भएको यस्तो प्रकृतिको अनुगमनलाई सकारात्मक रुपमा लिन सकिन्छ किनभने राजधानीसंग जोडिएको जिल्ला धादिङमा देशैभरीका नागरिकको आवत जावत हुने गर्दछ र एउटा होटल वा ठाउँ विशेषमा भएको गतिविधिले सिंगो जिल्लालाई असर गर्न सक्छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ । यसकारण पनि धादिङ जिल्लाले अन्य जिल्लाको भन्दा होटलदेखी अन्य सबै क्षेत्रमा सकारात्मक भुमिका खेल्न जरुरी छ ।

अहिले धादिङ हुँदै कामाण्डौ भित्रिने र काठमाण्डौबाट धादिङ जिल्ला हुँदै बाहिरिनेहरुले उपभोक्ताको हित विपरित भैरहेका गतिविधिहरुमाथि कस्तो खालको अनुभूती गरे ? कति मानसिहरु सुरक्षित खानाबाट बंचित भए ? वा कति नागरिकहरुले खाना तथा नास्ता गरे बापत महंगो पैसा तिरे वा कति नागरिकहरुले होटलहरुमा देखिएको नराम्रा खालका सन्देशहरु लिएर गए ?

यसले जिल्लाको सान मति बिगार्ला यसको हिसाव व्यवसायीहरुले गर्नु पर्दैन म एउटाले गरेको गतिविधि आम यात्रुहरुले नियालिरहेका छन् भन्ने कुरा किन नबुझेका ? यो गम्भिर विषय पनि हो । यसप्रति घरेलु कार्यालय, जिल्ला प्रशासनको कार्यालय र सम्वन्धित अन्य कार्यालयहरुले समयमै बुझ्नु पर्दछ ।

अन्यथा जिल्लाको सान मानमा गम्भीर खालको असर पर्न सक्छ । यसप्रति स्थानीय नागरिकले समेत आ आफ्ना भूमीकामा सहयोग गरौं ।
एउटा नागरिकले असुरक्षित खानाको उपभोग गरेको सूचना पाएपछि वा गुनासो आएपछि मात्रै हामी अनुगमनमा जाने गरेका कारण पनि केही समस्या सृजना भैरहेको छ ।

यात्रुहरु हामी एक दिन आउने त हो भैगो भन्ने र हामी स्थानीयरु यहाँ यस्तै त हो भन्ने खालको अभिव्यक्ति दिइ हिड्ने र उपभोक्ताको हित विपरित भैरहको गतिविधिमाथि कोही नबोल्दा यो समस्या नियमित रुपमा भैरहेको छ । जरिवानाका घटनाहरु दोहोरिरहनुपरेको छ यो हाम्रा व्यवसायीको लाग पनि दुःखद् पक्ष हो ।

अनुगमन गर्नेहरुले कडा भन्दा कडा कारबाही गर्ने र कम्तिमा त्रैमासिक रुपमा अनुगमन गर्ने हो भने यो समस्या केही हल हुन सक्छ । अन्यथा व्यवसायीहरुले पनि महंगो रकममा सामग्रीहरु विक्री गर्ने र वर्षमा एक पटक केही पैसा तिरिदिएपनि भैहाल्ने यस्तो खालको समस्या दोहोरिँदै जान सक्छ यसर्थ एक पटक कमजोरी गर्नेमाथि सांकेतिक कारबाहीको रुपमा केही रकम जरिवाना गर्ने हो दोस्रो तेस्रो वा धेरैपटक उपभोक्ताको हित विपरित नै काम गरिरहेकाहरुको पसल, उद्योग वा व्यवसाय शिल गर्नेदेखी व्यवसायीको प्रमाणपत्र जफतदेखी वा रद्ध सम्मको काम गर्नु पर्दछ यसरी कार्यसूची तय गरी जान सकेको खण्डमा व्यवसायी पनि सचेत हुन्छन् र यात्रुहरु पनि ढुक्कले उपभोग्य साम्रगी उपभोग गर्ने वातावरण तय हुनेछ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

  • Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

    Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution