Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ । हाल
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार (५७ मिनेट अघि)
कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

म्याग्दी, १९ असोजः पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ । हाल चीनसँग सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका पनि वर्षाका कारण बेनी-जोमसोम-कोरला क्षतिग्रस्त भएपछि स्तरोन्नतिका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको हो ।

सडक मर्मतमा प्रयोग भएका उपकरणका लागि इन्धन अभाव भएपछि नेपाली सेनाको सहयोगमा आज ड्रोनबाट डिजेल ढुवानी गरिएको हो । रघुगङ्गा गाउँपालिका-२ कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार बेनीबाट सवारीसाधनमा कुनौटासम्म लगिएको डिजेल ड्रोनको सहायताले कटान क्षेत्र पार गराइएको हो । “मानिसले बोकेर लैजान सम्भव नभएपछि ड्रोनको प्रयोग गरेका हौँ”, उहाँले भन्नुभयो, “छ पटकको उडानबाट ४०० लिटर डिजेल कटान क्षेत्र पार गराइएको छ ।” उहाँका अनुसार कुनौटाबाट सेनाको टोलीले डिजेल अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म पुर्‍याएको छ ।

शत्रुभञ्जन गुल्मका सेनानी राकेश बस्नेतले काठमाडौँबाट आएका प्राविधिक जनशक्तिको सहयोगमा ड्रोनमार्फत डिजेल ढुवानी गरिएको बताउनुभयो। कुनौटामा एक पटकमा १२० लिटरका दरले डिजेल ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो । सेनाले यसअघि रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गर्न पनि ड्रोन प्रयोग गरेको थियो । रघुगङ्गा-३ तिल्केनीचौरबाट बैसरीसम्म डिजेल ढुवानी गर्न शनिबार पनि नेपाली सेना र स्वयंसेवकले सहयोग गरेका थिए ।

कालीगण्डकीको बाढी र कटानबाट क्षतिग्रस्त सडक मर्मतमा करिब २० वटा डोजर र सयौँ मजदुर परिचालन भएका छन् । पोखरेबगर, रातोपानी, घिरच्याङ, महभिर, भिरकाटे, राहुपारे र तिल्केनीचौरमा सडक मर्मत भइरहेको आयोजना प्रमुख शर्माले उल्लेख गर्नुभयो । “पोखरेबगर सडक पुलको पहुँचमार्गसमेत मर्मत भइरहेको छ। सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन समानान्तर रूपमा काम गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

पर्वतको मालढुङ्गाबाट चीनको सीमावर्ती कोरला नाकासम्म सडकको दूरी २०२ किलोमिटर छ । म्याग्दीको कुनौटा-पोखरेबगर क्षेत्रमा करिब १२ किमी सडक मर्मत गर्न बाँकी छ । अन्य स्थानमा मर्मतपछि एकतर्फी रूपमा हलुका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताउनुभयो । रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण बनेको उहाँले बताउनुभयो । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।

मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ-तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी-जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • काठमाडौँ
  • नेपाली सेना
  • पर्वत
  • मुस्ताङ
  • म्याग्दी
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution