Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

शैक्षिक सुधारमा लागौं ।(सम्पादकीय)

प्रत्यूष ११२६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ८, बुधबार (४ साल अघि)
शैक्षिक सुधारमा लागौं ।(सम्पादकीय)

धादिङ,०८ भाद्र।
गत २०७२ सालको महाभुकम्प पछि गाउँ गाउँमा रहेका विद्यालय भवन पुनःनिर्माण भएका छन् पछिल्लो समय हामी जहाँ जान्छौं त्यहि राम्रा विद्यालय निर्माण भएका देख्न सक्छौं । विद्यालय चिटिक्क पारेका त्यसमाथि पनि घेराबारहरु व्यवस्थित भएको देख्दा आम नागरिकको मनमा साच्चै विद्यालयको शैक्षिक स्थर निकै सुधार भएको अनुमान लगाउन सकिन्छ ।

हामीले बाहिरबाट जस्तो अवस्थाको अनुमान विद्यालयको देखिराखेका छौं त्यस्तो नहुन सक्छ तर, सरसर्ति हेर्दा भने साच्चै हाम्रा विद्यालयहरु निकै सुधारिएको अनुमान गर्न सकिन्छ ।

विद्यालय आउने विद्यार्थीहरुको संख्यामा भएको वृद्धि, शैक्षिक सामग्रीहरुको व्यवस्थापनको पक्षहरु पहिला जस्तो देखिँदैन केही वर्ष अगाडिको तुलनामा सकारात्मकतातर्फ उन्मुख छन् तर, अहिलेको रिजल्टको स्थिति हेर्ने हो भने सोचेको जस्तो प्रगति हुन नसकेको कुरा भने स्वीकार गर्न सक्नुपर्दछ ।

विद्यालय बन्द हुने दिनहरु निकै घटेका छन् संसदीय अभ्यासमा रहेका राजनीतिक दलहरुदेखी संसदीय राजनीति बहिस्कार गरेका विपल्प नेतृत्वको नेकपा माओवादी लगायतका राजनीतिक पार्टीहरुले समेत पछिल्लो समय विद्यालयको शैक्षिक सुधारमा आ आफ्नो दक्षता तथा हैसियत अनुसारको सहयोग समेत गरिरहेको पाइएको छ ।

यसले पनि विद्यालय बालबालिकामैत्री भैरहेको शिक्षा आम नागरिरकको आधारभूत आवश्यकताका विषयहरु हुन् र यसलाई निरन्तरता दिन आफ्नो ठाउँबाट लागौं भन्ने खालको सन्देश समेत दिएको छ ।

यो हाम्रा लागी निकै खुसीको कुरा पनि हो । यसको एउटा उदाहरण बेनिघाट रोराङ गाउँपालिकाको च्यात्रा गाउँमा निर्माण गरिएको एक विद्यालयलाई पनि लिन सकिन्छ । गाउँपालिकाको अति विकट क्षेत्रमा पर्ने उक्त क्षेत्रमा विद्यालय नभएका कारण स्थानीय बालबालिकालाई अफ्ठ्यारो परेको कुरा कम्तिमा उनीहरुले बुझेको कुरा यस घटनाक्रमबाट लिन सकिन्छ ।

हुनतः सरकारले आधिकारीक रुपमा ति नयाँ विद्यालयलाई लिएको छैन तैपनि स्थानीय आवश्यकतामा विद्यालय छ भन्ने कुराको बोधसम्म त गराउने भयो नि ? यस मानेमा पनि विद्यालय खोल्ने, पठनपाठन सहज बनाउन आवश्यक सहयोग गर्ने लगायतका कुरा सकारात्मक विषय हो । आम सरोकारवालाहरुले अहिले भैरहेका विद्यालयमा समेत चासो दिन नसकिरहेको यो अवस्थामा सबैको ध्यान त्यतातिर तान्न समेत यो विद्यालय निर्माणको कामले ध्यान दिएको छ ।

अहिले अधिकाँश विद्यालयहरुमा अंग्रेजी शिक्षा पढाईको विषय उठिरहेको छ। अन्तराष्ट्रिय भाषा भएका कारण हाम्रा विद्यार्थीलाई आवश्यक विषयवस्तुमा ज्ञान दिनतर्फ ध्यान गएकै कारण अहिले यो अवस्था आएको छ यो पनि हाम्रालागि राम्रो कुरा हो ।

अहिले भवन राम्रो पारिएको छ, विद्यालय पोशाक नियमित, अनिवार्य र त्यसको मापदण्ड तोकिएको छ त्यसले विद्यार्थीको अनुशासन बढाउँदै लगेको छ जतिबेला विद्यार्थीहरु अनुसासित हुन्छन् पढाईमा ध्यान दिन सक्छन् यसकारण विद्यालयको भौतिक संरचनाको विकाससंगै अन्य आवश्यक वातावरण तथा सहयोग जुटाउनु आजको आवश्यकता हो ।

हामी सबै एकजुट हुने हो भने हाम्रा विद्यालय सुधार हुन धेरै दिन लाग्दैन अबको केही वर्ष विद्यालयको शैक्षिक सुधारमा लागौं यसले हाम्रो शिक्षाको दिर्घकालिन विकासमा टेवा पु¥याउँदछ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

  • Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

    Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution