Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङकी एक महिलामा हैजा पुष्टि : सचेतना फैलाउदै स्वास्थ्य कार्यालय

प्रत्यूष ८५० पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (४ साल अघि)
धादिङकी एक महिलामा हैजा पुष्टि : सचेतना फैलाउदै स्वास्थ्य कार्यालय

धादिङ,३१ साउन।
धादिङको थाक्रे गाउँपालिका वडा नं.२ सिम्लेकी एक महिलामा हैजा पुष्टि भएको छ ।

साउन २९ गते झाडाबान्ता भई उपचारका क्रममा टेकु अस्पताल काठमाडौँ पु¥याइएको एक महिलामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेका अनुसार सोही ठाउँका अन्य चार जना स्थानीयलाई समेत सोही प्रकारको लक्षण देखिएको छ ।

हैजा देखिएपछि स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्था लगाएतका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरी उपचार तथा पानीको परिक्षण लगायत सचेतना कार्यक्रमहरु गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।स्वास्थ्य कार्यालय धादिङले खाना तथा पानी छोपेर राख्न, पानी उमालेर खान, व्यक्तिगत सरसफाईमा ध्यान दिन, बासी खानेकुरा नखान अनुरोध गरेको छ ।

के हो हैजा?

हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ। भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ । अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ।हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ

हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ,गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ ।अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्विश्वमा हैजाबाट हुने मृत्यु ९० प्रतिशतले घटाउने उद्देश्य राखेर सन् २०१७ मा एउटा रणनीति ल्याइएको छ ।

के हुन् हैजाका लक्षण?

अन्य झाडापखालाझैँ हैजा हुँदा पनि पातलो दिसा र बान्ता हुन्छ।

तर हैजा लागेको व्यक्तिले तारन्तार पातलो चौलानी पानीजस्तो दिसा गर्ने र वमन गर्ने चिकित्सकहरूको भनाइ छ।

सामान्य झाडापखाला लागेको र एकदुई पटक दिसा भएको हो भने त्यो व्यक्तिले घरमै जीवनजल खाएर स्वास्थ्य अवस्था कस्तो हुन्छ त्यो विचार गर्नुपर्ने हुन्छ।

तर तारन्तर चौलानी पानीजस्तो पातलो दिसा भयो भने नजिकैको स्वास्थ्य चौकी जाने सुझाव चिकित्सकहरूको छ।

यसको उपचारका लागि शरीरबाट घटेको पानी तथा लवणतत्त्व सेलाइनमार्फत् दिइन्छ र एन्टिबायोटिकको पनि प्रयोग हुन्छ।

कसरी हुन्छ सङ्क्रमण?

हैजाको जीवाणुले सानो आन्द्रामा आक्रमण गर्छ।

गर्मी र वर्षाको समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दूषित पानी पिउने मानिसमा यो रोगको सङ्क्रमण हुन सक्छ।
दूषित पानी प्रयोग भएको खाद्य पदार्थबाट पनि यो सर्न सक्छ।

कसरी गर्न सकिन्छ रोकथाम?

हैजा र अन्य पानीजन्य सरुवा रोग रोकथाम गर्न खानेपानीको स्रोत सफा राख्न आवश्यक छ।

खानेपानीका साथै ढल व्यवस्थापन गर्न पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।

सबै व्यक्तिले एउटै स्रोतको पानी प्रयोग गर्ने तथा ढल र शौचालयको व्यवस्थित उपाय नभएको ठाउँमा हैजाले महामारीको रूप लिन सक्ने सम्भावना बढी हुने बताइन्छ।

यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनु आवश्यक भएको स्वास्थ्यकर्मीहरू बताउँछन्।

खाना खानुअघि, खाएपछि, फोहर चलाएपछि र शौचालय गएपछि साबुनपानीले हात धुने बानी बसाल्दा यो रोगको नियन्त्रण गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

  • Post Thumbnail

    भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

  • Post Thumbnail

    देशभर विपद्का १९ घटना, १२ घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    Post Thumbnail

    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

    Post Thumbnail

    पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता

    Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution