Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सन्दर्भ जारी मौद्रिक नीतिको (सम्पादकीय)

प्रत्यूष ११७२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ८, आईतबार (४ साल अघि)
सन्दर्भ जारी मौद्रिक नीतिको (सम्पादकीय)

धादिङ,०८ साउन।
बित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराएर आर्थिक वृद्धिलाई सहयोग पु¥याउने गरी सजगतापूर्वक कसिलो मौद्रिक नीति जारी गरिएको छ। ब्याजदर वृद्धि गरी अनुत्पादक क्षेत्रमा कर्जा नियन्त्रण गरेर उत्पादनशील क्षेत्रमा विस्तार गर्ने उद्देश्यसहित राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि तुलनात्मक रूपमा कसिलो मौद्रिक नीति सार्वजनिक गरिसकेको छ। यस्तो प्रकारको नीतिको कारण ‘कर्जा वृद्धिभन्दा पनि कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहनेछ,’।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा ‘कोभिड–१९ संक्रमणको समयमा लिइएका व्यवस्थालाई कटौती गर्दै विवेकशील नियामकीय मापदण्ड अपनाइएको विज्ञहरुको भनाई छ । ‘साना, घरेलु, लघु तथा मध्यम उद्यमका लागि कर्जा पहुँच बढाइ कर्जाको अधिकेन्द्रीकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिको जोड रहने भएकोले उक्त नीतिले निश्चित उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गर्नेछ जसका कारण बैंकको ब्याजदर बढेको छ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट कर्जा लिँदा तिर्नुपर्ने ब्याजदर १.५ प्रतिशत बढेको समाचारहरु सार्वजनिक भैसकेका छन् ।

उत्पादनशील क्षेत्रमा कम र अनुत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जामा बढी ब्याजदर निर्धारण हुने व्यवस्था गरिएको छ। ‘कर्जाको आकार कुल गार्हस्थ्य उत्पादन सरह नै पुगिसकेको छ। कर्जा तथा विस्तृत मुद्रा प्रदायकको वृद्धिदरलाई हालको मूल्यको वृद्धिदरकै हाराहारीमा कायम राख्न सहयोग पुग्ने गरी मौद्रिक नीति परि लक्षित हुनेछ, यसले आगामी दिनमा केही महिनायता उकालो लाग्दै आएको मूल्य वृद्धिदर पुनः बढ्नेछ। तर, आन्तरिकभन्दा पनि बाह्य कारणले मूल्य वृद्धि वाञ्छित सीमामा राख्नु चुनौतीपूर्ण रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्रा अवमूल्यन भइरहेका कारण मुद्रास्फीति नियन्त्रणमा थप दबाब सिर्जना भएको बताएको राष्ट्र बैंकले ‘मूल्य एवं बाह्य क्षेत्र स्थायित्वमा देखिएको र लगानी योग्य साधनमा संकुचनका आएकाले केही समस्या सृजना भएको तथा राष्ट्रमाथि नै चुनौती खडा भएको बताएको छ यसले राष्ट्र कता जाँदैछ भन्ने साच्चै यकिन गर्न अफ्ठ्यारो भएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले आक्रामक कर्जा विस्तारलाई नियन्त्रण गर्नु नै अबको मुल बाटो हो । मुद्रा आपूर्ति र कर्जा विस्तारको सीमा घटाइएको, खाद्यान्न उत्पादन, कृषि, उद्योग, निर्यातजन्य लगायत क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने नीतिगत व्यवस्था मौद्रिक नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सक्नुपर्छ ।

अब बैंक तथा वित्तीय संस्थाले घरजग्गा खरिदमा कर्जा प्रवाह गर्दा काठमाडौं उपत्यकामा मूल्यको बढीमा ३० प्रतिशत र उपत्यका बाहिर बढीमा ४० प्रतिशत मात्र प्रवाह गर्न पाउनेछन्। यसअघि यस्तो सीमा काठमाडौं उपत्यकामा ४० प्रतिशत र बाहिर ५० प्रतिशत थियो। ‘सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ, ।

‘ब्रोकर मार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जा सम्बन्धी व्यवस्था हटाइनेछरु। अर्थसंग सरोकार राख्नेहरुले आ–आफ्ना ठाउँबाट एकाथरी कुराहरु ग्रिरहेको भए पनि यो नीतिले केही राहत पुग्ने अनुमान समेत गर्न सकिने भएकोले जुन खालको मौद्रिक नीति ल्याइएको छ त्यसको पूर्ण रुपमा पालन गर्ने र गराउने हामी सबैको दायित्व हो।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

  • Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution