Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चालु आ.व.का सीमाहरु एकिन गरौं ।(सम्पादकीय)

प्रत्यूष १०८६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३१, शुक्रबार (४ साल अघि)
चालु आ.व.का सीमाहरु एकिन गरौं ।(सम्पादकीय)

धादिङ,३१ असार।
चालु आर्थिक वर्ष सकिन अब २ दिन मात्र बाँकी छ, चालु आर्थिक वर्षमा सरकारले संचलन गरेको विकास निर्माणको काम लगायतका सबै प्रकारका कामहरु तथा सेवा प्रदायकका बारेमा सेवा प्रभावकारी भए नभएको वा सोंच र लक्ष्य अनुसारको भए नभएकोबारे छलफल तथा समिक्षा गर्ने बेला भएको छ ।

अबको केही दिनभित्र अधिकाँश गाँउ तथा नगरहरुले आ–आफ्नो समिक्षा गर्लान् र समिक्षात्मक प्रस्तुतीहरु सार्वजनिक गर्लान् कस कसले त्यो किसिमका कामहरु गर्छन् त्यो हेर्न बाँकी नै छ । विगतका वर्षहरुमा पनि केही गाउँ तथा नगरहरुले आ–आफ्नो समिक्षात्मक विषयबस्तुको बारेमा सार्वजनिक गरेका थिए । स्थानीय तहहरुसम्म त्यस किसिमका गतिविधिहरु हुनु सामान्य कुरा होइन त्यो स्थानीय सरकारलाई जनताप्रति उत्तरदायि, पारदर्शि तथा जवाफदेहीता बनाउने एउटा चरण वा क्रियाकलाप पनि हो । यस खालका कामहरु स्थानीय तहहरुले अनिवार्य गर्नुपर्दछ ।

हुनतः पछिल्लो समय सरकार जनताप्रति उत्तरदायि बन्दै गएका कतिपय स्थानीय तहको स्वमुल्याँकन भैरहेको छ, सरकारले गर्नुपर्ने काम कर्तव्यको जिम्मेवारीपूर्वक कार्यान्वयन भैरहेको दावी गरिएको छ तर, कतिपय ठाउँहरुमा कार्यरत कर्मचारीहरुको सीप तथा क्षमताको विकासका कुरा गर्ने हो भने सबै कर्मचारीहरुमा पूर्ण रुपमा त्यस प्रकारको सीप तथा क्षमता प्रष्फुटन भएको पाउँन सकिँदैन।

यो विषयमा पनि यस वर्षका समिक्षाहरुमा छलफलको विषय बनुपर्छ सरोकारवालाहरु सम्म यो विषयले गम्भीर्यता पाओस् । अहिले विशेषतः करार सेवामा र स्थायी नियुक्ति पाएका दुवै कर्मचारीहरुको संख्यात्मक अबस्था हेर्ने हो भने करार सेवामा कार्यरत कर्मचारीहरुको संख्या लगभग स्थायी सेवामा रहेकाहरुकै हाराहारिमा रहेको अनुमान गरिएको छ, यदि कुनै स्थानीय तहमा कुनै विषयमा कम प्रगति हुन पुगेमा करारकै कर्मचारीलाई दोष दिएर पन्छने वातावरण तैयार गर्ने गरिएको कतिपय घटनाहरुले देखाउँदै आएका कुरा विगतलाई हेर्ने हो भने पाउन सकिन्छ र कहिलेकाँही चित्त नबुझ्दो काम भैहालेमा करार सेवामा रहेकाहरुलाई कारबाही गर्ने र स्थानीयहरु पन्छने परम्परा समेत देखिन्छ, यो वातावरण कसरी बन्यो ?

एउटा काम विग्रँदा एउटा पक्षमात्रैलाई जिम्मेवार बनाउन मिल्छ ? अनि करारकाहरु काम नलाग्ने र स्थायी भएकाहरु हुनहार हुने हुन्छन् ? यो कदापि हुने कुरा होइन यसमा सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण होस् बरु स्थायीवाला र करारवालाहरुमा देखिएको दुरी, तिनीहरुमा देखिएको क्षमता विकास, उनीहरुमा रहेको सीमा तथा कमजोरीहरुको बारेमा अध्ययन गरेर के कारण सेवा प्रवाह कमजोर हुने गरेको छ भन्ने कुराको यकिन गर्न जरुरी छ ।

पुरानो आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्षको करिब तीन महिनाको अवधिसम्म सबै तहका कार्यालयहरुमा खासै काम भएको पाइदैन यस अबधिमा आफ्नो कार्यालयको समिक्षासंगै कार्यालयले एकिन गरेका सीमा तथा कमजोरीहरुको निराकरणको लागि कुन कर्मचारीलाई के तालिम दिने ? सेवालाई छिटो र छरितो बनाउन आइपरेको बाधा ब्यवधान हटाउनेतर्फ लाग्नुपर्ने हुन सक्छ यतिबेला कम क्षमता भएकाहरुलाई तालिम दिनेदेखी जनप्रतिनिधिहरुलाई कानूनी व्यवस्था तथा सेवा प्रवाहका क्रममा आइपर्ने व्यवहारिक पक्षका बारेमा जानकारी दिने र आउँदो नयाँ आर्थिक वर्षको तयारीमा जुट्ने हो भने साच्चै नै हामी विगतको आ.वहरुमा भन्दा अलि फरक ढंगले अगाडि बढ्न सक्छौं । सरकारी सेवामा सरोकार राख्नेहरुले त्यतातर्फ ध्यान दिँदा आगामी सेवाहरु प्रभावकारी हुने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

    रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

  • मुटु भक्कानीने, भोटेकोशी बाढीको त्यो क्षण

    मुटु भक्कानीने, भोटेकोशी बाढीको त्यो क्षण

  • जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट देशमा समृद्धिको मूल फुट्छ

    जहाँ युवाको सम्मान हुन्छ, त्यहीँबाट देशमा समृद्धिको मूल फुट्छ

  • बेनी–जोमसोम–कोरला सडक :  मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विदेश पठाइदिने नाममा ठगी गर्ने पक्राउ

    Post Thumbnail

    सुनचाँदी व्यवसायीलाई करसम्बन्धी अभिमुखीकरण

    Post Thumbnail

    देशभर १७ विपद्का घटना, तीनको मृत्यु

    Post Thumbnail

    आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution