Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सरकारले प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

प्रत्यूष ८२६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १६, बिहिबार (४ साल अघि)
सरकारले प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने

काठमाडौँ, १६ असार ।
सरकारले सबैलाई स्वास्थ्य सेवा पु¥याउनका लागि प्रत्येक वडामा सामुदायिक नर्सिङ सेवा उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार ‘राष्ट्रिय नर्सिङ तथा मिडवाईफ्री रणनीति (२०७७÷०७८ देखि २०८७–८८) सार्वजनिक गर्दै सबैका लागि स्वास्थ्यको नीति प्रभावकारी रुपमा कार्यन्वयन गर्न प्रत्येक वार्डमा सामुदायिक नर्सिङको व्यवस्था गर्ने भएको हो ।

रणनीतिमा मातृ तथा नवशिशु स्वास्थ्य, ज्येष्ठ नागरिक र वातावरण स्वास्थ्यको व्यवस्था गर्न प्रत्येक वडामा सामुदायिक नर्सिङ जनशक्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ । नेपालमा ७५३ स्थानीय तहका छ हजार ७४३ वडा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा आज दश वर्षे उक्त रणनीति सार्वजनिक गरिएको हो । रणनीतिमा प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्नाका साथै औद्योगिक क्षेत्रमा नर्सिङ वा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उल्लेख गरिएको छ ।

स्वास्थ्यमन्त्री खापुङले सबै ठाउँमा स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । सबै क्षेत्रका जनतालाई स्वास्थ्य सेवा पु¥याउने काम गर्नुपर्नेमा जोड दिँदै उनले संविधानमा उल्लेख भए अनुसारको स्वास्थ्य सेवा पु¥याउन राज्यले नसकेको समेत बताउनुभयो ।

‘अहिले पनि चिकित्सक र नर्स चाहियो भनेर मन्त्रालयमा मानिस भन्न आउँछन्’ मन्त्री खापुङले भन्नुभयो, ‘देशभर समतामूलक सेवा पु¥याउन आवश्यक छ भएको र रणनीतिले लिएको लक्ष्य अनुसार नर्सिङ सेवालाई गुणस्तरीय बनाउनुपर्छ ।’

कार्यक्रममा स्वास्थ्य सचिव डा.रोशन पोखरेलले रणनीति अनुसार स्वास्थ्यकर्मीको व्यवस्थापनमा समस्या हुने बताउनुभयो । उहाँले दुर्गम र पहाडी जिल्लामा स्वास्थ्यकर्मी पठाउन नसकिएको उल्लेख गर्दै रणनीति अनुसार स्वास्थ्यकर्मी दुर्गम र पहाडी क्षेत्रमा जानै पर्नेमा जोड दिनुभयो।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रणनीति कार्यन्वयन गर्न सके मातृ मृत्युदर र शिशु मृत्युदर घटाउन सकिने बताउनुभयो । उहाँले रणनीतिले निजी स्वास्थ्य क्षेत्रलाई समेट्न नसकेको बतानुभयो ।’ धेरै नर्सिङ निजी स्वास्थ्य संस्थामा काम गरिरहेका छन्।’ प्रमुख विषेशज्ञ यादवले भन्नुभयो, ‘निजी क्षेत्रको पनि अनुगमन गर्ने गरी रणनीति ल्याउनुपर्दछ ।’

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक गोमादेवी निरौलाले गुणस्तरीय नर्सिङ तथा मिड्वाईफ्री जनशक्ति परिचालन गरी स्वास्थ्य सेवाको गुणस्तर र व्यवसायीकताको प्रवर्द्धन गर्नका लागि रणनीति ल्याइएको बतानुभयो । महाशाखाका अस्पताल नर्सिङ प्रशासक वाला राईले स्वास्थ्य सेवाको गुणस्तर, सबैका पहुँच पु¥याउनका लागि रणनीति ल्याइएको बताउनुभयो।

नर्सिङलाई विशिष्टिकृत सेवा

यस्तै नर्सिङ सेवालाई विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्य सेवको रुपमा विकास गरिने उल्लेख गरिएको छ ।’विशेषज्ञ तथा विशिष्टिकृत स्वास्थ्यलाई स्वास्थ्य सेवामा अभिवृद्धि गर्न विशेषज्ञ तथा विशिष्टिकृत नर्सिङ सेवाको विकास र व्यवस्था गरिने छ’ रणनीतिमा उल्लेख गरिएको छ ।

यस्तै नर्सिङ तथा मिडवाइफ्री शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शैक्षिक संस्थाको भौतिक पूर्वाधार र जनशक्तिको न्यूनतम मापदण्डलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्ने रणनीतिमा उल्लेख गरिएको छ।

नर्सिङ जनशक्तिको प्रक्षेपण

अहिले रहेका नर्सिङ जनशक्ति अपर्याप्त रहेकाले मुलुकको आवश्यकताको आधारमा जनशक्ति उत्पादन गर्ने लक्ष्य रणनीतिले लिएको छ । रणनीतिमा देशको आवश्यकता र प्रक्षेपणको आधारमा नर्सिङ तथा मिडवाइफ्री जनशक्ति उत्पादन गर्ने उल्लेख गरिएको छ ।

सङ्गठनात्मक तथा व्यवस्थापन सर्वेक्षण गरी नर्सिङ तथा मिडवाइफ्री जनशक्ति आपूर्ति र परिचालन गर्ने रणनीतिमा उल्लेख छ । सङ्घीय संरचनाअनुरुप नर्सिङ तथा मिडवाइफ्री जनशक्तिको गणना र प्रक्षेपण, अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकीकृत राष्ट्रिय पाठ्यक्रम तयार गरी सोहीअनुरुप सबै सरकारी तथा निजी शिक्षण संस्थामा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीतिमा उल्लेख छ ।

अहिले नेपालमा दर्ता भएका नर्स ६८ हजार ३१६, मिडवाइफ २८, अनमी ३६ हजार ७५४ र विशेषज्ञ नर्सिङ ५९८ जना छन् ।रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

  • सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

  • Post Thumbnail

    नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

  • Post Thumbnail

    आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    Post Thumbnail

    नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

    Post Thumbnail

    आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution