Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आगामी आवको लागि नीलकण्ठ नगरपालिकाको बजेट १ अर्ब २२ करोड

प्रत्यूष ११५० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (४ साल अघि)
आगामी आवको लागि नीलकण्ठ नगरपालिकाको बजेट १ अर्ब २२ करोड

धादिङ,०७ असार
धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम अधिवेशन तथा दोस्रो नगर सभा सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति धादिङको हलमा सम्पन्न भएको नगरसभाले आर्थिक बर्ष २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ ।

नगरबासीहरुको मागको आधारमा नीति तथा कार्यक्रम ल्याईएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले बताउनुभयो ।
नगरसभाले नागरिकको जिवन रक्षात्मक कार्यहरुमा जोड दिने, बालमैत्री नगर निमार्ण गर्ने, कृषिमा व्यवसायीकरण, औद्योगिकरण गर्ने,वडा कार्यालय सम्म पुग्ने मोटरबाटो पिच गर्ने, धार्मिक सम्पदाहरु निर्माण गर्ने,सरकारी, सहकारी र नीजि क्षेत्रको सहकार्यमा जोड दिने, आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनाउनुको साथै स्थानीय उत्पादनको प्रयोग तथा अर्गानिक उत्पादनमा जोड दिने, शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरण जस्ता क्षेत्रमा नगरवासीको सरल पहुँच पु¥याउने,उद्यमशीलताको अभिवृद्धि गरी स्वरोजगार बनाउने तथा उपलब्ध स्रोत र साधनको उच्चतम् प्रयोग गरी रोजगारी उत्पादनमा वृद्धि गरी आर्थिक विकास गर्ने कार्यक्रमहरु समावेश गरीएको छ ।

नगरवासीको प्रेसर, सुगर, ब्लडगु्रप छुट्टाउने, होलबडी चेकअप जस्ता स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य स्वंयसेविकालाई प्रोत्साहन भत्ताबापत मासिक एक हजार दिने व्यवस्था मिलाइएको छ ।उपप्रमुख दीपक विश्वकर्माले चालु खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार र पूजिगततर्फ ४६ करोड १२ लाख १७ हजार विनियोजन गरेको बताउनुभयो ।

आर्थिक क्षेत्रमा ८ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्र प्रवर्द्धनका लागि ५ करोड २९ लाख विनियोजन गरिएको छ । ‘एक वडा एक उत्पादन, उत्पादनमा आधारित अनुदान’ नारासहित प्रत्येक वडामा कृषिजन्य तथा दुग्धजन्य उत्पादनको प्रवर्द्धन कार्यक्रम ल्याइने उपप्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।उद्योग तथा लघु विकासका लागि १ करोड ४७ लाख छुट्याइएको छ ।

वडा नम्बर ८ मा औद्योगिक ग्राम निर्माण गर्नको लागि बजेट विनियोजन गरीएको छ । कृषि तथा पर्यटन प्रवद्र्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख विनियोजन गरिएको छ । नीलकण्ठ नगरपालिकाको भाषा कला संस्कृति एवम् प्राज्ञिक क्षेत्रको प्रवद्र्धन गर्नको २० लाख विनियोजन गरिएको छ ।

चक्रपथलाई हरिमार्गको रुपमा विकास गर्ने र धादिङबेसी करिडोर सडकलाई आगामी पाँच बर्षमा स्तरबृद्धिका साथ पुर्णता दिनको लागि क्रमागत रुपमा बजेट विनियोजन गरीएको छ ।नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापना गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ ।सामाजिक विकासतर्फ ५२ करोड ४६ लाख विनियोजन गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution