Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

९२ प्रतिशत उम्मेद्‌वारले अझै बुझाएनन् निर्वाचनको खर्च विवरण

प्रत्यूष ८८८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १, बुधबार (४ साल अघि)
९२ प्रतिशत उम्मेद्‌वारले अझै बुझाएनन् निर्वाचनको खर्च विवरण

गोरखा, १ असार

स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेद्वार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ । तर, तोकिएको समय सकिन लाग्दासमेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् ।

निर्वाचनको नतिजा सार्वजानिक भएको ३० दिनभित्र आयोगलाई विवरण बुझाउनुपर्ने हुन्छ । सोहीअनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरुलाई आग्रह गरेको थियो । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका दुई हजार २२ जनाले उम्मेदवारी दिएका थिए । यसैगरी ३३ जना कार्यपालिका सदस्य पनि थपिँदा दुई हजार ५५ जनाले विवरण बुझाउनु पर्ने निर्वाचन कार्यालयले जनाएको छ । जसअनुसार अब एक हजार २३ जनाले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको देखिन्छ । अहिलेसम्म मात्र ८.३६ प्रतिशतले विवरण बुझाएका छन् ।

‘विवरण आउने क्रम जारी छ । तर अब धेरै दिन छैन,’ कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले भने, ‘आशा गरौं सबैले समयमै विवरण बुझाउनु हुनेछ ।’  हालसम्म धार्चे गाउँपालिकाका १२, अजिरकोट गाउँपालिकाका १९, गोरखा नगरपालिकाका २९, बारपाक सुलिकोट गाउँपालिकाका  १६ र गण्डकी गाउँपालिकाका १२ जनाले विवरण बुझाएका छन् ।

यसैगरी शहीद लखन गाउँपालिकाका १२, आरुघाट गाउँपालिकाका ५२, सिरानचोक गाउँपालिकाका ३, चुमनुब्री गाउँपालिकाका २, पालुङटार नगरपालिकाका ११ र भीमसेन थापा गाउँपालिकाका १ जना गरी कुल १६९ जनाले विवरण बुझाएका छन् । तीन जना कार्यपालिका सदस्यहरूले पनि निर्वाचन खर्च विवरण बुझाएको सूचना अधिकारी सुवेदीले जानकारी दिए । निर्वाचन सकिएको एक महिना पुग्न लाग्दा पनि अधिकाशं उम्मेद्वारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय चुनावमा  नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले भने ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।

वडाध्यक्षका उम्मेदवारले भने नगरपालिकामा दुई लाख, गाउँपालिकामा एक लाख  ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था आयोगले गरेको थियो । विगतको अभ्यासलाई हेर्ने हो भने निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले खर्च विवरण बुझाएको पाइँदैन । आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी कारवाही गर्न सक्ने प्रावधान छ । यदी कसैले बुझाए पनि वास्तविक खर्च भन्दा पनि निकै न्यून विवरण बुझाएका हुन्छन् ।

निर्वाचनको परिणाम सार्वजानिक भए अनुसार ६ असारभित्र सबैले विवरण बुझाउने पर्ने कार्यालयले स्पष्ट पारेको छ । जसअनुसार अजिरकोट गाउँपालिका भित्रका उम्मेदवारले ३१ जेठ, आरुघाट, भीमसेन थापा र शहीद लखन गाउँपालिका उम्मेदवारले १ असार, गण्डकी र धार्चे गाउँपालिकाका उम्मेदवारले २ असार, गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिकाका उम्मेदवारले ३ असारभित्र निर्वाचन खर्च बुझाउनुपर्ने निर्वाचनले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका उम्मेदवारले ४ असार र चुमनुब्री गाउँपालिकाका उम्मेदवारले ६ असारभित्र खर्च बुझाइसक्नु पर्ने सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

  • दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

    दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

  • ‘सडक मानवमुक्त घोषणा भएसँगै बागमती प्रदेशले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ’

    ‘सडक मानवमुक्त घोषणा भएसँगै बागमती प्रदेशले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ’

  • Post Thumbnail

    सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

    जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

    जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

    Post Thumbnail

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    Post Thumbnail

    सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution