Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र १, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

प्रत्यूष २८८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, २९ जेठ । 

मकवानपुर, बाँके, बर्दिया, सुनसरी र सुर्खेतमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा एनएल ०१ एल २९७१ नम्बरको ग्यास वुलेटले ना.६१ प ४५९७ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–९ पशुपतिनगर बस्ने ५५ वर्षीय ईश्वर कुमार तामाङ र मोटरसाइकलमा सवार उनकै छोरी २६ वर्षीया अमिना तामाङ छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकेको कोहलपुर नगरपालिका–२ मनकामना चोकमा भे.१० प २७११ नम्बरको मोटरसाइकल र लु.८४ प १६१७ नम्बरको मोटरसाइकल ठोक्किँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु.८४ प १६१७ नम्बरको मोटरसाइकल चालक बर्दिया सानोश्री बस्ने ४१ वर्षीय सूर्य प्रकाश वलि रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा भे.१० प २७११ नम्बरको मोटरसाइकलमा सवार २ जना सामान्य घाइते भएका छन् ।

बर्दियाको बासगढी नगरपालिका–८ स्थित चोकमा बाग्मती प्रदेश ०३–०१–००६ ख ३६११ नम्बरको ट्रकले बा.२६ प ६५३१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २५ वर्षीय जय कुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको कोशी गाउँपालिका–५ स्थित सडकमा को.२ च ३९९२ नम्बरको स्कारपियो गाडीको ठक्करबाट आइतबार विहान एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री सोही गाउँपालिका–७ बस्ने १८ वर्षीय श्रबन कुमार मेहता रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनरसिंह होम अस्पताल हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्मा खोलामा भे.१ त ९२६२ नम्बरको ट्रयाक्टरको ठक्करबाट आइतबार विहान पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने उदय तिरुवाको छोरा १३ वर्षीय तुलाराम बिक रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र सालकोटमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

    परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

  • प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

  • बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

    बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

  • विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

    विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २८ गते बुधबार

    २०८२ साउन २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

    परिणाम आउनेगरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन

    प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

    बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

    बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

    विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

    विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution