Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सम्मान थाप्ने कहिलेसम्म ? (सम्पादकिय)

प्रत्यूष ५११ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
सम्मान थाप्ने कहिलेसम्म ? (सम्पादकिय)

धादिङ,२९ जेठ ।

बैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएदेखी हालसम्म पनि विजेतालाई सम्मान गर्ने भन्दै सम्मान थाप्ने काममा अहिलेका जनप्रतिनिधि लागिरहेका छन् । चुनाव जितेकादेखी दलको तर्फबाट विभिन्न पदमा मनोनित भएका वा सर्वसम्मतिमा निर्वाचित भएकाहरुसम्मले महिना दिन सकिन लाग्दा समेत सम्मान थाप्दै हिड्न सोभनिय होइन ।

अहिले महानगरदेखी गाउँपालिकासम्म र जिल्ला समन्वय समितिहरुमा निर्वाचित जनप्रतिनिधिहरु समेतले एकै पटकमा सम्मान थाप्दै हिड्नुले अहिलेका जनप्रतिनिधिहरु नागरिकका कामको जिम्मेवारी लिएर भन्दा पनि आफ्नै मान सम्मान, इज्जत–प्रतिष्ठाको लागि निर्वाचनमा होमिएको बुझ्न सकिने अवस्था छ किनभने, जनप्रतिनिधिमा निर्वाचित भएका कतिपयले सामान्य प्रकारका बधाई तथा शुभकामना आदाप्रदान गरेर काममा फर्कनुपर्नेमा अहिले अधिकाँश स्थानमा त्यस्तो भएको छैन । निर्वाचन सकिएको एक अहिना हुन आँटिसक्दा समेत सामाजिक संस्था भनौदाहरु जनप्रतिनिधिलाई सम्मान गर्ने भन्दै केही न केही कार्यक्रम आयोजना गरी संस्थागत रुपमा खर्च बढाईरहेका छन् वास्तबमा यो काम जस जसले गरेका छन् त्यो गलत छ ।

जनप्रतिनिधिलाई सम्मान भन्ने र जिल्ला स्थित संचार माध्यामलाई बोलाएर समाचार लेख्न लगाउने अनि आफ्ना र जनप्रतिनिधिका फोटाहरु विभिन्न सामाजिक संजालहरुबाट सेयर गरी आफुले निरन्तर बधाई खाने जस्ता काममा भने अहिलेका हाम्रा सामाजिक संस्थामा आवद्ध भएकाहरु र हाम्रा निर्वाचित जनप्रतिनिधिहरु सफल भएका छन् ।

जनप्रतिनिधिको रुपमा निर्वाचित भएकाहरु अहिले बधाई खान खादा ओढ्न र फोटो फेसबुक तथा अन्य सामाजिक संजालबाट सेयर गर्न होइन उनीहरु जनताको पक्षमा काम गर्न विजेता भएका हुन् उनीहरुले यो कुरा बुझ्नुपर्दछ । एकदिन भोटरले दिने, अर्को दिन आसेपासेले दिने, त्यो भन्दा पछि, दलमा सम्वद्ध भएकाहरुले शुभकामना दिने र त्यसपछिको पालो विभिन्न संघ संस्था, संचारकर्मीहरु तथा जो जसले ढिला ढिला चिनजान गर्छन उनीहरुले नै पालैपालो शुभकामना तथा बधाई दिन एक दिवसीय कार्यक्रम नै आयोजना गर्ने र त्यसप्रकारको कार्यक्रममा जप्रतिनिधिहरुले समय दिने हो भने यो भन्दा घाटा अरु छैन ।

अहिले आफ्ना नागरिकहरुको प्रति घरधुरीको सर्वेक्षण गर्ने कहाँ र कुन कुन ठाउँको अवस्था के, उनीहरुको आवश्यकताको प्राथमिकीकरण के के हो र पहिले आफुले सुरु गर्नुपर्ने कामहरु के के हो भन्ने जस्ता विषयहरु पत्ता लगाउने र नयाँ खालका कायक्रम संचालनको नयाँ तरिकाहरु खोजी गर्ने बेलामा सम्मान थाप्दै हिड्नु सरासर गलत हो यस प्रकारको कामहरुमा आम नागरिकबाटै विरोध हुनुको विकल्प छैन ।

निर्वाचित जनप्रतिनिधिलाई टिकामाला तथा खादा लगायतको सामाग्रीले बधाई दिने भन्दा पनि उनीहरुको कामको मुल्याँकन गर्ने र आगामी वर्षहरुमा हरेक नमुना जनप्रतिनिधिलाई सम्मान गर्ने गर्दा बरु उनीहरुकै लागि उत्प्रेरणाको काम हुनेछ । सरोकारवाला पक्षबाट पनि यस्ता विषयमाध्यान दिन सके अझै केही कदक अगाडि बढेको अनुभूती गराउन सकिएला ।

जसले जित्छ वा जस्ता जस्ता गतिविधि गरेर आएका भए पनि जितेकाहरुको चाप्लुसी वा चाकडि गर्ने एउटा परम्परा कम्तिमा पनि त्यसको भनेपनि अन्त्य गर्नुपर्छ त्यो जिम्मेवारी आम युवाहरुको हातमा आइपुगेको छ । भावी पुस्तालाई सकारात्मक पार्ने प्रयासमा हामी लाग्ने हो भने महिनौसम्म बधाई दिएर आफ्नो कार्यकाल सक्ने भन्दा पनि काम मार्फत नतिजा हात पारेर बधाइ खाने मेसो गरौं, यसमा नै सबैको हित हुनेछ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • सप्तकोशीमा डल्फिन गणना

    सप्तकोशीमा डल्फिन गणना

  • प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

    प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ३१ गते मंगलबार

    २०८२ भाद्र ३१ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

    सुनको मूल्य तोलामा एक हजार घट्यो

    सुनको मूल्य तोलामा एक हजार घट्यो

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution