Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

प्रत्यूष ९५६ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २६, बिहिबार (४ साल अघि)
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, २६ जेठ । 

तेह्रथुम, कैलाली, पाँचथर, धादिङ र बाँकेमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २६ वर्षीय रबिन खापुङ रहेका छन् । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–२ पान्डेचोक साडेपानीमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने ५५ वर्षीया तारा रावल रहेकी छन् । उनको बुधबार राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा मे.१ ख २४९४ नम्बरको ट्याङ्कर  र को.५ प २३३० नम्बरको मोटरसाइकल बुधबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २६ वर्षीय प्रेम घिसिङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको समर्पित अस्पताल हुँदै बिएण्डसि अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनकै  श्रीमती २६ वर्षीया  कञ्चन मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ना.८ ख ५१७३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा गण्डकी गाउँपालिका–५ दरबुङ बस्ने ४४ वर्षीया राम माया बिक रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला रहेकी छन्। उनको बिहीबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

    लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

  • डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

    डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

  • सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

  • Post Thumbnail

    दसैँ बिदा सकिएसँगै हेटौँडामा चहलपहल बढ्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३१ गते शनिबार

    २०८३ असोज ३१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

    लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

    डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

    डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

    सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

    Post Thumbnail

    कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution