Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तराई–मधेसमा संयुक्त आन्दोलनको तयारी

प्रत्यूष ८७८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २५, बुधबार (४ साल अघि)
Post Thumbnail

जनकपुरधाम, २५ जेठ

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तराई–मधेसमा गठबन्धनको निर्माण गरी संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले किसान आन्दोलनलगायत तराई–मधेसका सवालमा संयुक्त आन्दोलन गर्ने निर्णय गरेको जनमत पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णयसमेत गरेको नेता साहले जनाए । स्थानीय निर्वाचनमा दुई–दुईवटा गठबन्धन रहेकोमा जनमत पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिँदा अपेक्षित परिणाम आउन नसकेकोले  आगामी निर्वाचनको लागि जनमत पार्टी अरू पार्टीसँग गठबन्धन गर्न खुल्ला रहने निर्णय गरेको उनले बताए ।

राष्ट्रिय, प्रादेशिक, जिल्ला वा निर्वाचन क्षेत्र मध्ये कुनै स्तरमा गठबन्धन हुनसक्नेछ जानकारी दिँदै साहले भने, ‘कांग्रेस र कम्युनिष्टहरूले मधेशीहरूलाई बारम्बार धोका दिएकोले अब तराई–मधेस केन्द्रित गठबन्धनसमेत हुन सक्नेछ ।’

त्यसैगरी नेपाल सरकारले किसान आन्दोलनको ११ बूँदे माग बजेटमार्फत सम्बोधन गर्ने भनेर वार्तामार्फत आश्वासन दिएकोमा किसान आन्दोलनका मागहरू सम्बोधन गर्नुको साटो मलखाद खरिद गर्न बजेटसमेत नबढाएको र किसानका समस्याहरू समाधान गर्न कुनै ठोस पहल नगरेकोले किसान आन्दोलनलाई पुनः अगाडि बढाउने निर्णय जनमत पार्टीले गरेको हो ।

२०७८ पौष २९ गते जनमत पार्टीले नेपाल सरकारलाई बुझाएको १२ बूँदे राजनैतिक मागहरू सम्बोधनका लागि संयुक्त रूपमा वृहत् मोर्चा निर्माण गरी राजनैतिक आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको नेता साहले बताए ।

१२ बूँदे ज्ञापन–पत्रमा जनसंख्याको आधारमा तराई–मधेसमा  स्थानीय तह र निर्वाचन क्षेत्र बढाउनु पर्ने, जनसंख्याको आधारमा मातृभाषा समान हुने गरी निर्वाचन क्षेत्र कायम गर्नु पर्ने, नागरिकताविहीनहरूले पनि मतदान गर्न पाउनु पर्ने, अंगीकृत र जन्मसिद्ध नागरिकको सन्तानहरूको नागरिकताको समस्या समाधान गर्नु पर्ने माग गरेको छ । वैदेशिक रोजगारको क्रममा रहेका योग्य नेपाली मतदाताहरूले मतदान गर्न पाउनु पर्ने,  राजनीतिक दल सम्बन्धी ऐन २०७३को दफा ५२ मा राष्ट्रिय दलको मान्यताको लागि रहेको  न्यूनतम ३ प्रतिशत मत र एक सिटको प्रावधान हटाउनु पर्ने, पूर्व सम्झौताहरूको कार्यान्वयन गर्नु पर्ने, संविधान संशोधन, प्रदेश सीमाङ्कन र सेना तथा प्रहरी सहित राज्यका हरेक अंगमा सबै समुदायको समानुपातिक सहभागिता गर्नु पर्ने सहितका मागहरू रहेको नेता साहले बताए ।

उम्मेदवारका लागि खुल्ला आह्वान

जनमत पार्टीका नेता साहका अनुसार प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको लागि पार्टीले उम्मेदवारको लागि खुल्ला आह्वान गर्नेछ । पार्टी भित्र तथा बाहिरका समेत जनाधार भएका सबल उम्मेदवारहरूलाई टिकट वितरण निर्णय भएको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आर्थिक मापदण्ड कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको उम्मेदवारले मनोनयन–पत्र प्राप्त गर्नु अगावै पार्टीको प्रचार–प्रसार समितिमा निर्वाचन आयोगले तोकेको खर्च हदबमोजिमको रकम जम्मा गर्नु पर्नेछ । सो रकम सोही निर्वाचन क्षेत्रको प्रचार–प्रसार समितिले प्रचार–प्रसारको लागि खर्च गर्ने उनले बताए । समानुपातिकको सूचीमा अन्य मापदण्डहरू पूरा गरे पश्चात् आर्थिक मापदण्डको रूपमा प्रत्यक्ष उम्मेदवारहरूले जम्मा गरेको रकमको दोब्बर रकम फिर्ता नहुने गरी पार्टीको खातामा बुझाउनु पर्नेछ । सो रकम राष्ट्रिय स्तरमै पार्टीको प्रचार–प्रसार गर्न, कार्यक्रम तथा सभा आयोजना गर्न र निर्वाचन खर्चमा समेत प्रयोग गरिने उनले जनाए ।

यसैगरी जनमत पार्टीले संगठन विस्तारका लागि विभिन्न कार्यक्रमहरूसमेत अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

  • Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    जमुनाहा नाकामा यात्रु सहायता कक्ष

    Post Thumbnail

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution