Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

क्षतिग्रस्त खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण सुरु

हालैको भीषण बाढीबाट क्षतिग्रस्त सदरमुकामको खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण प्रक्रिया सुरु भएको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १३, आईतबार (२२ मिनेट अघि)
Post Thumbnail

म्याग्दी, १३ मङ्सिरः हालैको भीषण बाढीबाट क्षतिग्रस्त सदरमुकामको खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण प्रक्रिया सुरु भएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, कास्कीले आगामी बर्खाअघि नै पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का आह्वान गरेको छ ।

बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट बेनी बजारमा पानी ल्याउने १४ किलोमिटर पाइपलाइन पुनःनिर्माण गर्न रु १३ करोडको ठेक्का आह्वान गरिएको हो ।

बाढीका कारण असोज ११ गतेदेखि खानेपानी आपूर्ति अवरुद्ध भएको थियो । करिब डेढ महिनापछि अस्थायी पाइपलाइन मर्मत गरेर कात्तिक २७ गतेदेखि पानी वितरण सुरु गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

“कात्तिक ५ गते म्याग्दी आउनुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसमक्ष पुनःनिर्माणको प्रस्ताव राखेका थियौँ । उहाँको पहलपछि सम्बन्धित निकायले सर्वेक्षण र लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाएको हो”, उहाँले भन्नुभयो ।

संस्थाले तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने अनुमान गरेको थियो । सोही लागत अनुमानसहित संस्थाले खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरेको थियो । पहिलो चरणमा तत्काल आवश्यक पुनःनिर्माणका लागि ठेक्का आह्वान गरिएको हो ।

बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार दुई सय घरपरिवारका करिब २५ हजार बासिन्दालाई प्रतिसेकेन्ड २० लिटर खानेपानी आवश्यक पर्ने संस्थाले जनाएको छ । रिठाखर्क र डाँडाखर्कका मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुँदै आएको थियो । बाढीले ती मुहानबाट पानी ल्याउने पाइपलाइनमा क्षति पुर्‍याएपछि आपूर्ति बन्द भएको थियो ।

  • कास्की
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

  • सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास

    सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास

  • Post Thumbnail

    उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

  • Post Thumbnail

    सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    क्षतिग्रस्त खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण सुरु

    दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी  सेमिफाइनलमा

    दशौँ राष्ट्रिय खेलकुद:आर्मी र कोशी सेमिफाइनलमा

    Post Thumbnail

    एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

    रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

    रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution