
झापा, १२ मङ्सिर: यहाँको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा १९ हजार ४०० केजी फर्सीको बियाँ बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाबाट खटिएको टोलीले आज दिउँसो बेवारिसे अवस्थामा रहेको ४८५ बोरा फर्सीको बियाँ बरामद गरेको हो ।
गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार बरामद बियाँको अनुमानित मूल्य रु एक करोड १६ लाख ४० हजार रहेको छ । बरामद बियाँ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने प्रक्रिया भइरहेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय झापाका सीमावर्ती क्षेत्रबाट विभिन्न कृषि उपज तथा अन्य सामग्री अवैध रूपमा भारततर्फ निकासी हुने गरेको पाइएको छ । सोही क्रममा जङ्गल क्षेत्रमा लुकाएर राखिएको फर्सीको बियाँ बरामद भएको हो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |