Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

मन्त्री श्रेष्ठद्वारा म्याग्दी र पर्वतका बाढी प्रभावित क्षेत्रको निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेका म्याग्दी र पर्वतका विभिन्न क्षेत्रको शनिबार स्थलगत निरीक्षण गर्नुभएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १३, आईतबार (२ घण्टा अघि)
मन्त्री श्रेष्ठद्वारा म्याग्दी र पर्वतका बाढी प्रभावित क्षेत्रको निरीक्षण

म्याग्दी, १३ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति पुगेका म्याग्दी र पर्वतका विभिन्न क्षेत्रको शनिबार स्थलगत निरीक्षण गर्नुभएको छ ।

सिँचाइ विभाग, नेपाल विद्युत् प्राधिकरण, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीसहित मन्त्री श्रेष्ठले म्याग्दीको बेनी, गलेश्वर र पर्वतको जलजलामा गत असोज दोस्रो साता कालीगण्डकीमा आएको बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गर्नुभएको हो ।

गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जामा सडक, सिँचाइ, खानेपानी, विद्युत्, तटबन्ध, सार्वजनिक भवन तथा निजी आवासमा ठूलो क्षति पुर्‍याएको थियो ।

क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आवश्यक योजना बनाउन, सरोकारवालाका सुझाव लिन तथा प्रभावितसँग भेटघाट र छलफल गर्न स्थलगत निरीक्षणमा आएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

यस वर्ष भोटेकोशी, कालीगण्डकी र बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले ठूलो क्षति पुर्‍याउनुका साथै पूर्वाधार क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उहाँले उल्लेख गर्नुभयो । भइरहेका कामको निरीक्षण र आवश्यक योजनाको पहिचान गरी प्राथमिकता निर्धारण गर्न स्थलगत निरीक्षण गरिएको उहाँको भनाइ थियो ।

बेनी नगरपालिका–८ गणेशटोल पछाडिको क्षेत्रमा कालीगण्डकीको कटानबाट भत्किएको करिब एक सय मिटर पक्की पर्खाल पुनर्निर्माण गर्न तथा बेनी नगरपालिका–२ भसभसे, सिङ्गा, तातोपानी कुण्ड, गलेश्वर, कालीपुल र मङ्गलाघाट क्षेत्रमा तत्काल नदी नियन्त्रणको काम अघि बढाउन नगरप्रमुख सुरत केसीले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले कालीगण्डकीको बाढीले बस्ती नै बगाएको फर्से क्षेत्रमा नदी नियन्त्रण, विस्थापितको पुन:स्थापना र कालीगण्डकीमा पुल निर्माणका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री श्रेष्ठले बेनी क्षेत्रमा नदी नियन्त्रणको काम अघि बढाउन बजेटको स्रोत सुनिश्चितता गरिसकिएको जानकारी दिनुभयो । कालीगण्डकी बेसिनका जोखिमयुक्त तथा क्षतिग्रस्त बस्तीको संरक्षणका लागि बेनीमा कार्यालय स्थापना गरिएको र सोही कार्यालयमार्फत योजना सञ्चालन गरिने उहाँले बताउनुभयो ।

बाढीबाट अकल्पनीय क्षति भएकाले बस्ती संरक्षण र तटबन्ध निर्माणका योजनाका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको उहाँको भनाइ थियो । प्रधानमन्त्री राहत कोषमा प्राप्त सहयोग रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणमार्फत पुनर्निर्माणमा परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

यस वर्षको विपद्ले जलवायु अनुकूल पूर्वाधार निर्माणलाई विकासको अनिवार्य सर्त बनाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले विद्युत् नियमन आयोगले निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका संरचनालाई सुरक्षित बनाउने विषयमा अध्ययन गरेको बताउनुभयो ।

भोटेकोशीको बाढीबाट ऊर्जा क्षेत्रसँगै मानवीय जनशक्तिमा समेत ठूलो क्षति भएको उहाँले उल्लेख गर्नुभयो । यस्ता विपद्को सामना गर्न अन्तरराष्ट्रिय साथ र सहयोग मागिएको जानकारी दिँदै उहाँले विकास संरचना निर्माण गर्नुमात्र पर्याप्त नहुने, त्यसको सुरक्षा, दिगोपना र नागरिकको जीवनको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

  • पर्वत
  • म्याग्दी
  • स्याङ्जा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

    पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

  • Post Thumbnail

    सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

  • Post Thumbnail

    एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

  • सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

    सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

    पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

    पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

    Post Thumbnail

    कानुन व्यवसाय मर्यादित हुनुपर्छ: महान्यायाधिवक्ता कँडेल

    Post Thumbnail

    सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution