Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कर्णाली

महिला क्रिकेटमा सुदूरपश्चिम सेमिफाइनलमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
रासस २५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (३८ मिनेट अघि)
Post Thumbnail

कर्णाली, १२ मङ्सिर : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यससँगै महिला क्रिकेटतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

सुदूरपश्चिम, गण्डकी, मधेस र कोशी प्रदेशले समान २–२ अङ्क प्राप्त गरे पनि रनरेटका आधारमा सुदूरपश्चिम सेमिफाइनलमा पुगेको हो । यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले सेमिफाइनलमा स्थान बनाइसकेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ५ विकेट गुमाएर ११७ रन बनायो । गण्डकीका लागि सिमाना केसीले सर्वाधिक ४० रन बनाइन् । ३४ बल खेल्दै उनले ३ चौका प्रहार गरिन् । सम्झना पौडेलले अविजित ३८ रन बनाइन् ।

ओपनर दीपिका सापकोटा शून्य रनमै आउट भइन् भने श्रेया शाहले १५ र रेखा तामाङले चार रन बनाइन् । चन्द्रमाया बराल र कुसुम गोदारले १–१ रन जोडिन् ।

सुदूरपश्चिमका लागि स्नेहा महराले २ विकेट लिइन् भने अनु कडायत, करिश्मा थापा र यशु पाण्डेलले १–१ विकेट लिइन् ।

जवाफमा सुदूरपश्चिमका लागि अनु कडायतले महत्त्वपूर्ण ब्याटिङ गरिन् । ३३ बलको सामना गरेकी उनले २ छक्का र ७ चौका प्रहार गरिन् । मनीषा बोहराले २५, यशु पाण्डेले ११, ऋतु कनौजियाले आठ, स्नेहा महराले दुई र ममता बोहराले एक रन बनाइन् ।

गण्डकीका लागि दीपिका सापकोटाले चार तथा चन्द्रमाया बरालले १ विकेट लिइन् ।

  • कर्णाली
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्मबमोजिम सञ्चालन

  • Post Thumbnail

    गौतमबुद्ध रङ्गशालामा एनपिएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

  • गोल्डकप फुटबल पुस ४ देखि

    गोल्डकप फुटबल पुस ४ देखि

  • Post Thumbnail

    आईटीएफ एम–१५ र एम–२५ प्रतियोगिता खेल्न अभिषेक पाकिस्तान जाँदै

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विवाहपञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

    पूर्वमन्त्री बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक

    पूर्वमन्त्री बास्कोटाको जीवनी तथा मूल्याङ्कनसम्बन्धी पुस्तक ‘एक निष्ठावान् यात्री’ सार्वजनिक

    Post Thumbnail

    महिला क्रिकेटमा सुदूरपश्चिम सेमिफाइनलमा

    Post Thumbnail

    वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution