
कर्णाली, १२ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत शारीरिक सुगठन विधातर्फ त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण पदक हात पारेको छ ।
मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पश्चिम रुकुमको चौरजहारीमा शुक्रबार सम्पन्न भएका विभिन्न आठ विधाका प्रतिस्पर्धामा आर्मीले तीन स्वर्ण पदक प्राप्त गरेको हो । एमएसपी (१७० भन्दा माथि) विधामा त्रिभुवन आर्मीका पुकार शाक्यले स्वर्ण, नेपाल प्रहरीका प्रनेश श्रेष्ठले रजत र बागमतीका रिजनकुमार श्रेष्ठले कास्य पदक प्राप्त गर्नुभयो ।
महिलातर्फ डब्लुबी विधामा बागमतीका उर्मिला श्रेष्ठले स्वर्ण, त्रिभुवन आर्मीका सृजना घिसिङले रजत र गण्डकीका आशा चौधरी कास्य पदक प्राप्त गर्नुभएको थियो । त्यस्तै, सशस्त्र प्रहरीका शीला ठकुरीले स्वर्ण, बागमतीका तारा कैंजुले रजत र नेपाल प्रहरीका रिपु घर्तीले कास्य पदक प्राप्त गर्नुभएको थियो ।
वुमेन्स वेलनेस (१७० भन्दा कम) विधामा त्रिभुवन आर्मीकी शिवानी लामाले स्वर्ण पदक हासिल गर्नुभयो । गण्डकीका बिपना कुमालले रजत र लुम्बिनीकी पुनम सुनारले कास्य पदक प्राप्त गर्नुभयो । मेन्स क्लासिक बडीबिल्डिङ विधामा त्रिभुवन आर्मीकै अनिश रसाइलीले स्वर्ण, लुम्बिनीका बिजेन्द्रमान श्रेष्ठले रजत र मधेसका हरिनारायण साहले कास्य पदक प्राप्त गरेको मुख्य प्रशिक्षक तुलाधरले जानकारी दिनुभयो ।
एमएपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राईले स्वर्ण पदक प्राप्त गर्नुभयो । बागमतीका सबिन चौलागाईंले रजत पदक र लुम्बिनीका रेशम रानाले कास्य पदक पाउनुभयो ।
त्यसैगरी, एमएपी (१७० भन्दा माथि) विधामा सशस्त्र प्रहरी बलका अनुपविक्रम बिष्टले स्वर्ण पदक हात पार्दा लुम्बिनीका ईश्वर पुनले रजत र गण्डकीका यमन्त गुरुङ कास्य प्राप्त गर्नुभयो । एमएसपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सृजन महर्जन स्वर्ण, त्रिभूवन आर्मीका ज्ञानेश्वर चौधरी रजत र बागमतीका राज शाही काँस्य पदक प्राप्त गर्न सफल हुनुभएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |