
काठमाडौँ, ११ मङ्सिरः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल फुटबल लिगमा सहभागी हुने १० वटै क्लबको टुङ्गो लाग्नु नेपाली फुटबलका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उहाँले सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिग पनि छिट्टै मल्टिभेन्यू अवधारणामा सुरु गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो ।
निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुन लागेको ल्ँीले नेपाली फुटबललाई व्यावसायिक, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने उहाँको विश्वास छ ।
लिग को सफलतापछि दशौँ राष्ट्रिय खेलकुदको रौनक बढिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली खेलकुदमा देखिएको उत्साह फुटबलमा पनि विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
उहाँका अनुसार केही दिनअघि थाइल्यान्डमा फिफा र एएफसी का नेतृत्वसँग नेपाली फुटबलको भविष्य, संरचनागत सुधार तथा विकासका विषयमा सकारात्मक छलफल भएको थियो। साथै, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको प्रतिबन्ध पनि छिट्टै हट्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
निजी क्षेत्रको सहकार्यमा अघि बढिरहँदा सरकारले सञ्चालन गर्ने सहिद स्मारक लिगलाई पनि नयाँ स्वरूपमा अघि बढाउने सरकारको योजना छ। आगामी वर्षदेखि देशका विभिन्न स्थानमा मल्टिभेन्यू अवधारणाअन्तर्गत लिग सञ्चालन गर्ने तयारी गरिएको मन्त्री पोखरेलले बताउनुभएको छ ।
यस अवधारणाले फुटबललाई काठमाडौँमा मात्र सीमित नराखी देशभर विस्तार गर्न तथा स्थानीय प्रतिभालाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
मन्त्री पोखरेलले सरकारको उद्देश्य प्रतियोगिता आयोजना गर्नुमा मात्र सीमित नरहेको स्पष्ट पार्दै खेलाडीको भविष्य सुरक्षित गर्ने, क्लबलाई सबल बनाउने र समग्र फुटबल संरचनाको विकास गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
नेपाली फुटबलमा रहेको प्रतिभा, सम्भावना र समर्थकको मायालाई एकीकृत गर्दै फुटबललाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |