Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खोटाङ

सर्वोच्चको अन्तरिम आदेश : खोटाङका जिसस प्रमुखलाई साविककै काम गर्न दिन निर्देशन

पार्टी परिवर्तन गरेको ठहरसहित निर्वाचन आयोगले पदमुक्त गरेका जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राईलाई साविककै कामकाजमा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

खोटाङ, ११ मङ्सिरः पार्टी परिवर्तन गरेको ठहरसहित निर्वाचन आयोगले पदमुक्त गरेका जिल्ला समन्वय समिति (जिसस) खोटाङका प्रमुख सनबहादुर राईलाई साविककै कामकाजमा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) बाट छाता चुनाव चिह्न लिएर निर्वाचित जिसस प्रमुख राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेपछि जसपाले उनलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।

जसपा केन्द्रीय समितिको सिफारिसका आधारमा आयोगले मङ्सिर २ गते राईसहित खोटाङका आठ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको थियो । गत कात्तिक १२ गते जसपाले पठाएको पत्रका आधारमा आयोगले कारबाही गर्दा जिसस प्रमुख राईलाई आफ्नो पक्ष राख्ने अवसरसमेत नदिएको भन्दै सर्वोच्च अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म साविककै कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्च अदालतले पदमुक्त गर्नुको कारण र सबुद प्रमाणसहितको म्याद तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न पनि निर्वाचन आयोगलाई आदेश दिएको छ । राईका तर्फबाट अधिवक्ताहरू राजीवजङ्ग शाह, राजु चापागाईं र सूर्यबहादुर पौडेलले शुक्रबार सर्वोच्च अदालतमा बहस गर्नुभएको थियो ।

पदमुक्त भएका जिसस प्रमुख राई हाल नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ । निर्वाचन आयोगले मङ्सिर ३ गते सार्वजनिक गरेको सूचनाअनुसार जसपाबाट निर्वाचित केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का वडाध्यक्ष मुगाधन राई, वडा सदस्यहरू कल्पना राई, दलित महिला सदस्य गीता विश्वकर्मा, सहमणि राई र रामधन राई तथा नगर कार्यपालिका सदस्य वीरेन्द्रकुमार दर्नालको पदसमेत रिक्त भएको थियो ।

जसपाबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गुरुराज राई र वडाध्यक्ष मुगाधन राई श्रम संस्कृति पार्टीमा प्रवेश गरिसक्नुभएको छ । नगर कार्यपालिका सदस्य दर्नाल भने अशोक राई नेतृत्वको जसपामा आबद्ध हुनुभएको छ ।

सहणमणि राई र कल्पना राई तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा रामधन राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट निर्वाचित हुनुभएको थियो। वडा तहका सबै जनप्रतिनिधिको पद रिक्त भएपछि उक्त वडा जनप्रतिनिधिविहीन बनेको छ ।

आफूले दिएको मतका आधारमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा नहुँदै प्राविधिक कारणले पद रिक्त हुँदा स्थानीयवासी समस्यामा परेको बताइएको छ । निर्वाचन आयोगको निर्णयपछि सिङ्गो वडा जनप्रतिनिधिविहीन भएपछि नगरप्रमुख तीर्थराज भट्टराईले कार्यवाहक वडाध्यक्षको भूमिका निर्वाह गर्नुभएको छ ।

यता, नेकपा जिल्ला समिति खोटाङले तत्कालीन गठबन्धनबीच भएको राजनीतिक सहमति उल्लङ्घन गरी जसपाले जननिर्वाचित प्रतिनिधिलाई पदमुक्त गराएको भन्दै आपत्ति जनाएको छ । नेकपाले जसपाको निर्णयलाई सहमति उल्लङ्घन र राजनीतिक बेइमानीको संज्ञा दिँदै निर्णय सच्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।

  • एकीकृत समाजवादी
  • खोटाङ
  • जनता समाजवादी पार्टी
  • निर्वाचन आयोग
  • माओवादी केन्द्र
  • सर्वोच्च अदालत
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

  • Post Thumbnail

    भोटेकोशी–त्रिशूली विपद्मा ६२३ विदेशी नागरिक बेपत्ता भएको विवरण प्राप्त

  • Post Thumbnail

    भारतसँग भएका सहमति, समझदारी कार्यान्वयनका लागि समन्वय सुरु

  • भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छः महासचिव पोखरेल

    भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छः महासचिव पोखरेल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुदः पौडी प्रतियोगितामा बागमती टिम च्याम्पियन

    Post Thumbnail

    नेपाली र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने

    Post Thumbnail

    सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

    Post Thumbnail

    रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution