Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

भोटेकोशी–त्रिशूली विपद्मा ६२३ विदेशी नागरिक बेपत्ता भएको विवरण प्राप्त

भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ता विदेशी नागरिकमध्ये १९ देशका ६२३ जनाको विवरण सम्बन्धित देशका निकायबाट प्राप्त भएको छ ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (३० मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, ११ मङ्सिरः भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ता विदेशी नागरिकमध्ये १९ देशका ६२३ जनाको विवरण सम्बन्धित देशका निकायबाट प्राप्त भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राप्त विवरणमा सबैभन्दा धेरै भारतका २१३ जना रहेका छन् । चीनका ८५, अमेरिकाका ६९, युक्रेन र मलेसियाका ५४–५४, अस्ट्रेलियाका ३३, बेलायतका ३२ र क्यानडाका २७ जना बेपत्ता नागरिकको विवरण प्राप्त भएको छ ।

त्यस्तै, रुसका ११, कोरिया र सिङ्गापुरका नौ–नौ, जर्मनीका आठ, दक्षिण अफ्रिकाका छ, फ्रान्सका चार तथा इटाली, हङ्गेरी, बेल्जियम र काजकिस्तानका दुई–दुई जना बेपत्ता नागरिकको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । बेलारुसका एक जना नागरिकको विवरण पनि प्राप्त भएको छ ।

प्राधिकरणका अनुसार लाट्भिया, जापान, न्युजील्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, इस्टोनिया, फिनल्यान्ड, इजरायल, लिथुआनिया, फिलिपिन्स, स्विडेन, स्वीट्जरल्यान्ड र भियतनामलगायतका देशबाट भने विवरण प्राप्त हुन बाँकी रहेको छ ।

प्राधिकारणका प्रमुख कार्यकारी डा धर्मराज उप्रेतीले सम्बन्धित देशका निकायबाट प्राप्त विवरणका आधारमा बेपत्ता नागरिकको विवरण अद्यावधिक गरिरहेको जानकारी दिनुभएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट बेपत्ता व्यक्तिलाई मृत्यु घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

समितिका अनुसार ४८ जिल्लाबाट एकिन भई आएका तीन हजार ९१५ नेपाली तथा सातवटा विदेशी नियोगबाट एकिन भई आएका ६२३ विदेशी नागरिकको विवरण प्राप्त भएको छ । विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था छ ।

विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा प्राधिकरणले दाबी पेस गर्न दुई चरणमा सातदिने सूचना प्रकाशन गरेको थियो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    भारतसँग भएका सहमति, समझदारी कार्यान्वयनका लागि समन्वय सुरु

  • भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छः महासचिव पोखरेल

    भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छः महासचिव पोखरेल

  • Post Thumbnail

    राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेट

  • Post Thumbnail

    चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हलेसीमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण, पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु

    हलेसीमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण, पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : चौरजहारीमा शारीरिक सुगठन प्रतियोगितामा सुरु

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : चौरजहारीमा शारीरिक सुगठन प्रतियोगितामा सुरु

    Post Thumbnail

    भोटेकोशी–त्रिशूली विपद्मा ६२३ विदेशी नागरिक बेपत्ता भएको विवरण प्राप्त

    मौरीपालनबाट आत्मनिर्भर बन्दै गोमा

    मौरीपालनबाट आत्मनिर्भर बन्दै गोमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution